कर्णाली राजमार्गकाे धाैलापानीमा ईभी गाडी दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

काली बहादुर परियार
जुम्ला,७ फाल्गुन ।

कर्णाली राजमार्ग अन्तर्गत तातोपानी गाउँपालिका–६ धौलापानी क्षेत्रमा बिहीबार दिउँसो ईभी गाडी दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी शालीक राम खनालका अनुसार आज करिब १२ बजे जुम्ला बजार बाट नाग्मा तर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको ईभी गाडी क , प्र ०२-००१ त ०१९० नम्बरको ट्याक्टरमा ठाेकिदा सडकबाट अन्दाजी ३०–४० मिटर तल बारीमा खसेको बताए ।

दुर्घटनामा चालक सहित ७ जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि पठाइएको सुचना अधिकारी खनालले जानकारी दिए ।

घाइते मध्ये तिला गाउँपालिका–१ बस्ने ३५ वर्षीय मेनुका बुढाको निधार र टाउकोमा गम्भीर चोट लागेको छ भने हिमा गाउँपालिका–२ का २२ वर्षीय धर्मेन्द्र रोकायाको मुखमा गम्भीर चोट लागेको बताइएको छ ।

अन्य घाइतेको अवस्था मध्यम र सामान्य रहेको सुचना अधिकारी खनालकाे भनाइ छ । चालक तातोपानी गाउँपालिका–२ का १९ वर्षीय लोकेश खड्काको खुट्टा र आँखा आसपास चोट लागेको छ।

यस्तै पातारासी गाउँपालिका–४ का ३२ वर्षीय माया नेपालीको टाउकोमा भित्री चोट लागेको छ भने तातोपानी–३ लिताकोटका ४५ वर्षीय पुनी सुनारको छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।

साथै, २० वर्षीय टेकन्द्र रावत र २० वर्षीय पारस रावत र हिमा गाउँपालिका–२ का २२ वर्षीय धर्मेन्द्र रोकाया ( निर्वाचन ड्युटीमा खटिएका निर्वाचन प्रहरी) लाई सामान्य र मध्यम प्रकृतिको चोट लागेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हाँकु जुम्लाबाट प्रहरी टोली खटिएको थियो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । स्थानीयवासीका अनुसार उक्त सडक खण्ड साँघुरो र घुम्तीदार भएकाले सवारी साधन चलाउँदा विशेष सतर्कता आवश्यक रहेको छ।

कर्णाली राजमार्गकाे धाैलापानीमा ईभी गाडी दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

नेपालगन्जको जमुनाहमा प्रतिबन्धित भारतीय अण्डा बरामद, १५

Leave a comment

Your email address will not be published. Required fields are marked *