जुम्लामा प्रतिनिधिसभा निर्वाचनका मतपत्र आइपुगे

गाेल्डेन बुढा

जुम्ला ,४ फाल्गुन ।
प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लामा मतपत्र आइपुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्ला ले प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र आइतबार जुम्ला पुगेको जानकारी दिएको हो।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार मतपत्र पेटीमा आइपुगेका छन्।र आवश्यक व्यवस्थापनको काम बाँकी छ। फागुन २१ गते हुने निर्वाचनका लागि जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ रहेको छ। मतदाता संख्याभन्दा करिब १० प्रतिशत बढी मतपत्र पठाइने प्रचलनअनुसार केही बढी मतपत्र आइपुगेको कार्यालयले जनाएको छ।

निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्रसहित जिल्लाभर १ सय ८ वटा मतदान केन्द्र तोकिएको छ। ती केन्द्रमा ६ सय ४८ जना कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।यता जिल्ला निर्वाचन कार्यालय जुम्ला का निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार जुम्लामा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष गरी ७१ हजार ७ सय ३९ मतदाता रहेका छन्।स्थानीय तहअनुसार हिमा गाउँपालिकामा ६ हजार ६ सय ९५ मतदाता (पुरुष ३ हजार ५ सय ९, महिला ३ हजार १ सय ८६), सिंजा गाउँपालिकामा ८ हजार ४ सय ७७ (पुरुष ४ हजार ५ सय ३८, महिला ३ हजार ९ सय ३९), कनकासुन्दरी गाउँपालिकामा ९ हजार ४ सय ४१ (पुरुष ५ हजार ६५, महिला ४ हजार ३ सय ७६) र गुठिचौर गाउँपालिकामा ६ हजार ९ सय ४३ मतदाता (पुरुष ३ हजार ६ सय १६, महिला ३ हजार ३ सय २७) रहेका छन्।त्यसैगरी, चन्दननाथ नगरपालिकामा १२ हजार ९ सय ४१ मतदाता छन्। जसमा ६ हजार ५ सय ३६ महिला र ६ हजार ४ सय ५ पुरुष रहेका छन्।

तातोपानी गाउँपालिकामा ९ हजार ८ सय ३८ (महिला ४ हजार ६ सय ७७, पुरुष ५ हजार १ सय ५७), तिला गाउँपालिकामा ८ हजार ४ सय ६६ (महिला ३ हजार ९ सय ९४, पुरुष ४ हजार ४ सय ७२) र पातारासी गाउँपालिकामा ८ हजार ९ सय ४२ मतदाता (महिला ४ हजार २ सय ४५, पुरुष ४ हजार ६ सय ९७) रहेका छन्।

जुम्लामा प्रतिनिधिसभा निर्वाचनका मतपत्र आइपुगे

जुम्लामा प्रतिनिधिसभा निर्वाचनका मतपत्र आइपुगे

Leave a comment

Your email address will not be published. Required fields are marked *