व्यक्तित्व चर्चा : सृजनाकर्मी सामाजिक अभियान्ता लक्ष्मी खड्का

पृथ्वी वहादुर सिंह 

वुवा टोप वहादुर खडका पाँच  श्रीमतीका पाँच  वहिनी, नौ भाई मध्ये श्रीमती देव कुमारी खडकाबाट  काइली छोरीको रुपमा २०१६ साल पौष २७ गते तत्कालिन दैलेख जिल्लाको जर्वुटा मौजाका जमिन्दार परिवारमा हाल वी.न.पा.–१४ सुर्खेतमा जन्मेकी थिइन लक्ष्मी खडका ।

त्यो समयमा खासै छोरी वुहारीलाई पढाउने चलन थिएन । आफ्‌नो वुवा अलि महिलाप्रति उद्धार भएकोले लक्ष्मी ६ वर्षकी हु“दा तत्कालिन जर्वुटामा भारतीय सोल्जर बोर्ड रवुवा टोप बहादुर दाजु हिरालाल खड्काको सहयोगमा संचालित प्रा.वि. जर्वुटामा अध्ययन गर्न थालेकी थिइन । त्यही विद्यालयलाई श्री ५ को सरकारले स्विकृत दिएपछी ५ कक्षा उत्तीर्ण गरी कक्षा छ मा श्री ने.रा.मा.वि नेवारे तत्कालिन जर्वुटा गाउ“ पन्चायत सुर्खेतबाट ८ कक्षा उत्तिर्ण गरेकी हुन ।

कक्षा–८ उत्तीर्ण लगत्तै क्षेत्रिय घरेलु तथा साना उधोग वीरेन्द्रनगर सुर्खेतमा २०३० सालमा एक बर्ष  तालिम प्राप्त, त्यसपछि त्रिपुरेश्वर काठमाडौंमा २ वर्ष तालिमपछी त्रिपुरेश्वर काठमाडौंमा खरिदार सरह प्राविधिक शिक्षक अस्थायी जागीर थालेकि थिइन । त्यसपछी २०४५ सालमा लोकसेवा आयोग उत्तिर्ण भएपछी स्थायी खरिदारको दरवन्दी जिल्ला घरेलु जुम्लामा सरुवा भएर जागीरमा गएकी थिइन । त्यहाबाट  सरुवा भएर कालीकोट जिल्ला घरेलु कार्यरत हुँदै  २०४७ सालमा मध्यपश्चिम क्षेत्रीय घरेलु साना उद्योग वीरेन्द्रनगर सुर्खेत सरुवा भएर सेवा भएको थियो ।

यही जागीर सेवा कार्यमा हुँदा  एउटै कार्यालय सेवाका रौतहट जिल्लका नेपाल सरकारका उपसचिव दयाराम ठाकुरसंग प्रेम हुँदा  २०५० सालमा विवाह बन्धनमा बाधिएकी थिइन । २०४९ सालमा क्षेत्रीय घरेलु  तथा साना उद्योग कार्यालय विघटन भै घरेलु समिति नाम परिवर्तन लागु भएपछी २०५० सालबाट महीला विकास शाखा जनकपुरको महेन्द्रनगरमा सरुवा भएर सेवा गर्नु पुगेकी थिइन । त्यहाबाट  पनि सुनसरी जिल्लाको झुम्का गा.पा. को महिला विकास शाखामा सरुवा भएर सेवा गरिन । त्यहाबाट पनि  सप्तरी जिल्लाको राजवीराजको महिला बालबालिका जेष्ट नागरिक कार्यालयमा सरुवा भएको थियो । मध्यपश्चिम १० बर्ष र मधेशमा १० वर्ष सेवा गरेर २०६२/०६३ मधेश आन्दोलन समयमा पनि सेवारत थिईन ।

२०७० सालमा सरुवा भएर काठमाडौं महिला बालबालिका तथा समाज कल्याण कार्यालय डिल्ली वजार २ वर्ष सेवा गर्दै पुनः२०७२ सालमा वीरेन्द्रनगर सुर्खेतको महिला बालबालिका तथा जेष्ट नागरिक कार्यालयमा सरुवा भै २०७५ सालबाट निवृत्त हुनु भयो ।

उनकी २ बहिनी छोरीजेठी विद्या वस्नेत शिक्षा हासिल गरी विवाह बन्धन बाधिएकी थिइन । जेठी नेपाल सरकारको खानेपानी मेलाम्ची कार्यालयमा कार्यरत छन् भने कान्छी अविवाहित हाल एम.डि.अध्ययनरत छिन् ।

अवकाशपछि विभिन्न सामाजिक संघसस्था सेवा गर्दै जिल्ला जेष्ट नागरिक संघ अध्यक्ष भै कार्यकाल समाप्तपछि २०८२ पौष देखी कर्णाली प्रदेश जेष्ठ नागरिक महासंघको वरिष्ठ महिला उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएर सेवामा कार्यरत रहनुभएको छ । हाल उहाँ कर्णाली प्रदेश राजधानी विरेन्द्रनगर नरपालिका वार्ड न.८ कालिन्चोक कृष्ण पथको घरमा बसी वृद्ध जिवन चक्र देखी सामाजिक सेवामा अनवरत लागी रहनु भएको छ । साथ साथै गित संगित सृजना गायन समेतमा विभिन्न कार्यक्रममा उपस्थित समेत हुने गर्नु हुन्छ ।

निर्दलिय पंचायती शासन व्यवस्था हुदा श्री ५ को सरकार स्थायी कर्मचारी हुदै वहुदलिय प्रजातन्त्र पछि संघिय लोकतात्रिक गणतन्त्र हुँदा  नेपाल सरकारको स्थायी जागीरबाट अवकाश प्राप्त पछी सामाजिक सेवा समेतको अनुभव गर्दा जुनसुकै व्यवस्था भएपनि शक्ति विकेन्द्रिकृत व्यवस्था नै उत्तम व्यवस्था रहेछ । २०४६ साल पछि प्रजातन्त्रका ३६ वर्ष गणतन्त्र राजतन्त्र अन्त्यका १८ वर्षमा ३१ वटा अस्थिर सरकार वन्न पुगे । सामान्तको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भएपनि सामान्ती संस्कारको पार्टी नेतृत्वमा अन्त्य हुन सकेन । राजनिती र शुसासन भएको लोकतान्त्रिक मुलुकमा सेवा र नामको लागी राजनितीमा निर्वाचित हुन्छन बनाउ“छन् ।

हाम्रो त राजनितीलाई विभिन्न राज्ययन्त्रको प्रयोग गरी कमाऊ धन्दा हुँदा  द्धुन्दका अनेक घाउ वढन थालेका छन । संबिधान, नियम, कानुन थप परिमार्जन उपयोग गर्दा देखिने कमी कमजोरी संसदले निर्माण गर्दै जानुपर्छ । निर्वाचित पार्टी प्रतिनिधी मात्र मन्त्री हुने संविधानलाई थप गरी देशका जुनसुकै स्थानवाट विषय विज्ञ मन्त्री बनाउने कार्यकारी राष्ट्रपती वा प्रत्यक्ष जनताको जनमतबाट निर्वाचित हुँदा  पाँच वर्ष अवधी भर सरकार वदली रहने क्रियाको अन्त्य हुने थियो ।  राष्ट्रपती राजा संवैधानिक भएमा कुनै परक पर्दैन । निर्वाचनमा पार्टी जुनसुकै को भएपनी हाम्रो होइन राम्रो जन सेवक उसको इतिहासको पृष्ठभुमी हेरेर मात्र २०८२ फाल्गुन २१ को  प्रतिनिधी सभाको निर्वाचनमा मत समेत हाल्न सृजर्ना कर्मी सामाजिक अभिन्यता लक्ष्मी खडकाको दुर सन्देश आव्हान छ । द्धन्द्ध तबसम्म अन्त्य हु“दैन जब सम्म शुसासन देशमा हुदैन, सबै जनमा चेतना भया ।

व्यक्तित्व चर्चा :  सृजनाकर्मी सामाजिक अभियान्ता लक्ष्मी खड्का

कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले

व्यक्तित्व चर्चा :  सृजनाकर्मी सामाजिक अभियान्ता लक्ष्मी खड्का

निर्वाचनको ३५ दिन बाँकीः  यस पटक निर्वाचनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *