चंखेली १०० किलोवाट सोलार मिनिग्रिड सफल, शुभकालिका उज्यालोतर्फ अग्रसर

हस्त चाैलागाँई
कालिकाेट,२ माघ।
आंशिक आर्थिक कठिनाइका बिच पनि विभिन्न जिम्मेबार पक्षहरुको सहयोग र सहकार्य मा २०७८ साल चैत्र महिना बाट सुरु भएको चंखेलि १०० किलोवाट सोलार मिनिगिरिट सिस्टम २०८२ साल माघ१ गतेका दिन विधिवध रुपमा १०० किलोवाट ए.सी पावर उत्पादन भएकाे छ ।

मानव अधिकार तथा बाताबरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटले विभिन्न सहयोगी निकायहरु संगकाे समन्वयमा काम सम्पन्न गरेकाे छ । याे साेलार सिस्टमले शुभकालिका गाउँपालिका वडा नं ४ सहित अन्य वडाहरुलाई उज्यालो चमकमा जाेड्ने छ ।

हुरेन्डेकका संस्थापक अध्यक्ष जजराज शाहीका अनुसार करिब ६ कराेड २४ लाखमा निर्माण कार्य सम्पन्न भएकाे छ । जसमा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्ररबाट २ कराेड ९२ लाख , चंखेली ईनर्जि प्रा.लि.बाट १ कराेड ५० लाख र गाउपलिका एवं अन्य सहयाेगी निकायकाे १ कराेड ८२ लाख गरि ६ कराेड २४ लाखमा कार्य सम्पन्न भएकाे हाे ।
यो सिस्टममा सहयोग गर्ने सहयाेगी निकाय तथा आन्तरिक महानुभाब एवं विभिन्न समयमा दिनरात नभनेर काम गर्नेहरुलाई आदरसहित निर्मल धन्यवाद दिदै अध्यक्ष शाहीले थप आगामी दिनमा सहयोग र सहकार्यको लागी अपेक्षा गरेको बताए। अब केही हप्ता दिनमा समुदायमा बिजुल्ली सप्लाइ हुने जानकारिका साथ साथै समुदायकाे सहयोग नै आफ्ना लागि ठूलो भारी भएको अध्यक्ष शाहीकाे भनाई छ ।






