कर्णालीमा एमाले प्रतिनिधि छनोट सम्पन्न

गाेल्डेन बुढा
 जुम्ला ,१८ मंसिर ।

नेकपा (एमाले)ले आगामी ११औँ महाधिवेशनका लागि कर्णाली प्रदेशमा प्रतिनिधि छनोट प्रक्रिया सकिएको जनाएको छ। प्रदेशभरिका १० जिल्लाबाट जम्मा ९७ जना प्रतिनिधि चयन भएका छन्।

चयन भएका प्रतिनिधिमध्ये अधिकांश अध्यक्ष केपी शर्मा ओली पक्षधर रहेको एमाले स्रोतले जनाएको छ।जुम्लामा खुलातर्फ शान्तिलाल महत र देवीलाल थापा; महिलातर्फ शान्ता शाही र मेनका पछाई; दलिततर्फ रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत प्रतिनिधि बने।कालीकोटमा जिल्ला अध्यक्ष तुलाराज मल्लसहित पूर्वअध्यक्ष कुर्मराज शाही, दयाराम सिम्खडा र तपेन्द्रजंग शाही प्रतिनिधि चयन भए। महिलातर्फ सुभद्रा सिंह र जलसा बुढा, दलिततर्फ ब्यासी तिरुवा र शोभा नेपाली तथा युवातर्फ टेकबहादुर बोगटी प्रतिनिधि बने।मुगुमा खुलातर्फ जितबहादुर मल्ल र डिल्लिप्रसाद भट्ट; महिलातर्फ छिरिङ पुटी र कविता गिरी; दलिततर्फ दानसिंह परिवार र युवातर्फ जयबहादुर नेपाली प्रतिनिधि बने।हुम्लामा खुलातर्फ ज्ञामी बुमी र लोकबहादुर हमाल; महिलातर्फ प्रतिमा लामा र विमला कुमारी शाही; दलिततर्फ पर्वत सुनार र युवातर्फ तिर्थराज बोहरा चयन भए।डोल्पामा खुलातर्फ शेरबहादुर बुढा, नन्दसिंह बुढा, विश्वचन्द्र डसाल र धावा सम्दुक गुरुङ; महिलातर्फ जुनी बुढा र चन्द्रा कुमारी बुढा; दलिततर्फ गोपाल विक र युवातर्फ लंकबहादुर रोकाया सर्वसम्मत चयन भए।सुर्खेत र दैलेखबाट सबैभन्दा बढी २०/२०—प्रतिनिधि चयन भएका छन्।

सुर्खेत-१ बाट खुलातर्फ खड्कबहादुर खत्री, मानबहादुर खत्री, टीकाराम सोमै र कबिन्द्रकुमार केसी चयन भए भने महिलातर्फ तुल्सी शर्मा र बिमला खड्लुक तथा युवातर्फ पूर्णबहादुर थापा प्रतिनिधि बने। सुर्खेत-२ मा खुलातर्फ कुलमणि देवकोटा, मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्णप्रसाद पौडेल र भीमबहादुर रावत चयन भए।

त्यस्तै महिलातर्फ टीका अधिकारी, निर्मला राना र टीका घले गुरुङ; युवातर्फ प्रेम खड्का तथा दलिततर्फ राजु नेपाली, सुशीला विश्वकर्मा, गंगाराम सुनार र कर्णबहादुर नेपाली प्रतिनिधि बने।सल्यानमा खुलातर्फ भीमबहादुर सेन, ओजबहादुर बुढाथोकी, लालबहादुर रावत र घनश्याम शर्मा प्रतिनिधि बने। महिलातर्फ पुष्पाकुमारी बुढाथोकी र सनसिल्ला वली (डीसी), युवातर्फ गणेशमान सिंह र दलिततर्फ भिउसेन नेपाली चयन भए।रुकुम पश्चिममा मात्र निर्वाचनमार्फत प्रतिनिधि चयन भएको प्रदेश कमिटीले जनाएको छ। खुलातर्फ नन्दराम देवकोटा र दिनेश चन्द, महिलातर्फ कौशिला केसी र हिमकुमारी केसी, युवातर्फ प्रकाश खड्का र दलिततर्फ शशीराम नेपाली विजयी भए।जाजरकोटमा सर्वसम्मत रूपमा लालबहादुर महतारा, करविर शाही, नगेन्द्रकुमार शाही, नारायण घर्ती र प्रेमबहादुर शाही खुलातर्फ चयन भए। महिलातर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा तथा युवातर्फ विश्वविक्रम शाह प्रतिनिधि बने।दैलेखमा क्षेत्र १ बाट खुलातर्फ रबिन्द्रराज शर्मा, प्रेमबहादुर थापा, नैनसिंह खत्री र हिमालयजंग शाह; महिलातर्फ तप्ता थापा, खगिसरा विसी र लक्ष्मी कार्की; युवातर्फ जनकप्रसाद न्यौपाने प्रतिनिधि बने। क्षेत्र २ मा खुलातर्फ सूर्यबहादुर शाही, रुद्रबहादुर शाही, धीरबहादुर शाही र तिलकप्रसाद रिजाल तथा महिलातर्फ विष्णु थापा, कल्पनाकुमारी थापा र नन्दाकुमारी आचार्य; युवातर्फ सुशीलकुमार थापा चयन भए।

समावेशी कोटाबाट पार्वती बिसुन्के, ससिराम विक र गमता विक प्रतिनिधि बने।कर्णालीमा प्रतिनिधि छनोट प्रक्रियामा अध्यक्ष ओली पक्षको स्पष्ट वर्चस्व देखिएको एमाले नेताहरू बताउँछन्। ओली पक्षभित्र पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र स्थायी कमिटी सदस्य गोरख बोगटी नेतृत्वमा दुई धार रहेको उल्लेख गरिएको छ। यी दुईबीच तीव्र प्रतिस्पर्धा रहेपनि प्रतिनिधि छनोटमा कँडेल समूह बलियो देखिएको नेताहरूको दाबी छ।एमाले कर्णाली प्रदेश कमिटीकी उपसचिव पद्मा खड्काका अनुसार रुकुमपश्चिम बाहेक अन्य नौ जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको हो।

कर्णालीमा एमाले प्रतिनिधि छनोट सम्पन्न

लैङ्गिक हिंसा रोकथामको कानुनी सचेतना र सिफारिस

कर्णालीमा एमाले प्रतिनिधि छनोट सम्पन्न

नेपालगन्जमा गरिदै मेयर कप राष्ट्रिय साइकल दौड

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds