‘समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउनुपर्ने’ 

काठमाडौँ, १ मङ्सिर । 

नोभेम्बर १७ प्रत्येक वर्ष यस दिन समय अगावै जन्मिएका नवजात शिशु दिवस (वर्ल्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ । चिकित्सकका अनुसार समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्छ र त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी छ । यस दिवसले समयपूर्व जन्मिएका शिशुहरू र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राख्दछ ।

आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा एली प्रधान रञ्जितकारले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताउँदै समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने धारणा राखे ।

उनले भने, “त्यस्ता शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’(आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । गर्नुभएको छैन भने परीक्षण गराउनुपर्छ नभए जोखिम बढ्दै जान्छ ।”

बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा केही समस्या देखिन सक्छ । उनले भने, “जसमा आँखाको पर्दामा रगत जम्ने र समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ ।”

डा प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छिन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । उहाँले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू¬) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने बताए

‘समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउनुपर्ने’ 

काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो

‘समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउनुपर्ने’ 

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन 

Leave a comment

Your email address will not be published. Required fields are marked *