घुयँत्राे:“आन्दोलन जेनजीको, सरकार सुशीलाको— राजनीति नामक अनौठो नाटक”

जेनजी आन्दोलनका विरुद्ध २९ कात्तिकमा सडकमा आएकाे एमालेले देशका सबैजिल्ला र ठूला शहरमा विराेधकाे कार्यक्रम गरेर ओलि सरकार ठिकथियाे भनेर प्रमाणित मात्र गरेनन कि याे सरकारले गराउने चुनाबमा आँफुहरुले भाग नलिने समेत घाेषणा गरे । देशमा भै रहेकाे बेथिति ,भष्टाचार र दण्डहिनता आफ्नो सरकारले मात्र हटाउन सक्ने भन्दै संसद पुनस्थापना नै एकमात्र विकल्प रहेकाे कुरामा जाेड दिँदै उनिहरु ले अदालतद्वारा संसद पुनस्थापना गरिनु पर्नेमा जाेड दिए । याे सरकारले चुनाबै गराउन नसक्ने भएकाले पनि याे अन्याैलकाे स्थितिकाे अन्त्यका लागि अदालतमात्र विकल्प रहेकाे वताए ।
जेनजी आन्दोलनविरुद्ध आयाेजना गरिएकाे एमालेकाे सडक आन्दोलनकाे एकमात्र उदेश्य सडकमा जनता उतारेर देशमा जेनजी आन्दोलनकाे कुनै आैचित्य नरहेकाे सावित गराउनु थियाे । हुनपनि बेठेगानसित सडक आन्दोलनमा जेनजीहरुले यति छिटै आन्दोलन सफल हाेला ओलि यसरी सत्ता छाेडेर भाग्लान र अन्तत सडक आन्दोलनकाे जिम्मेवारी र नेतृत्व आँफुहरुले लिनु पर्ला भन्ने कल्पना उनिहरुले गरेका थिएनन । जसका कारण आन्दोलन सफल भएरनि जेनजीहरुले सत्ता हातमा लिन सकेनन । सत्ता अर्कैले लिई दियाे ,।आफ्ना हातमा बेथिति ,विसंगति भष्टाचार,दण्डहिनता र सामाजिक सन्जाल सन्चालनकाे मनग मात्र रह्याे तर त्यसलाई पूरा गर्ने आन्दोलनले खाेजेकाे परिणाम निकाल्ने कुनै पनि चिज जेनजीका हातमा रहेनन । आन्दोलन अर्कैले हाईज्याक गरेर सरकार बनाई दियाे । फलत २०/२१ चिरामा बाँडियका जेनजीहरले कसले नेतृत्व गर्ने भन्ने भ्याउनै पाएनन फलत सुशिला कार्किकाे नेतृत्वमा सरकार बन्याे । सरकारकाे वरिपरि घुम्दा घुम्दै
बेथिति र भष्टाचारले गाँजेकाे देश,अत्याचारका घडा भरिएपछि त्यसकाे अन्त्यका लागि जेनजीका नाममा सडकमा आएकाे युवापुस्ताले पनि याे बेथिति भष्टाचार र दण्डहीनताकाे अन्त्य गर्न कसरी अगाडि बढने भन्ने याेजना नहुँदा दिग्भ्रमित भए ।एक्कासी आन्दोलनमा हुत्तिएकाे जेनजी आँफुले कल्पनै नगरेकाे आन्दोलन क्षणभरमै सफलताकाे सिँढिमा पुगेकाले पनि आन्दोलनकाे नेतृत्व नै कसरी गर्ने भन्ने चालै पाएन ।२०/२१ भागमा बाँडिया जेनजीहरु सरकार ढलेछि सरकार बनाउन काे जाने भनेर भ्याउनै पाउन सकेनन ।फलत आन्दोलनकाे नेतृत्व नै हाईज्याक भयाेर त्यै नेतृत्वलाई सरकार बनाउने दिने बाहेक आन्दोलनकारीकाे हाताँ केई रहेन । आन्दोलनका बेला उठाएका भष्टाचारकाे अन्त्य,सामाजिक सन्जाल यथाेचित सन्चालन, बेथिति र दण्डहीनताकाे अन्त्यका माग हातमा लिएर जेनजीहरु सडकमा हिँडेका हिँड्यैछन तर उनिहरुकाे माग पूरा गरिदिन सरकार तयार छैन ।फलत ऐले देशाँ कसकाे सरकारछ , कसले कसकाे लागि काम गर्याछ, जेनजीका माग कहाँ गए, कैले पूरा हुन्छन , भष्टाचारीहरु कैले जेल जान्छन, देशकाे याे बेथिति कैले साम्य हाेला, दण्डहिनताकाे पराकाष्टाँ कहाँ पुग्ने हाे,याे सरकार के गर्दैछ, देशाँ चुनाब गराउँछु भन्या सरकारले चुनाब गराउन कैले सक्ला,देशका ठूला दल अब सबै काम छाेडेर सडकमै आईराख्लान कि राेकियलान, भष्टाचारकाे आहालमा डुबेकाे देशकाे कर्मचारी संयन्त्र कैल्यै सुधार्न सक्ने र सुध्रिने अबस्था आउलाकि न आउला,उद्योग ब्यवसायकाे याे गिर्दाे अबस्था र अलिअलि भएका उद्योग नि राजश्व तिर्न तयार हाेलान कि नहाेलान, यी तमाम सवालहरुकाे घेरामा देश अल्झिएकाेछ । जेनजिहरु आन्दोलन जितेरनि हारेका छन ।जेनजीहरुकाे आन्दोलन दिशा विहिन र परिणाम बिहिनछ । भन्नेहरुले जेनजीकै सरकार भन्छन तर सरकारले आन्दोलनकाे बेला उठाईका कुनैपनि माग नत पूरा गरेकाेछ नत गर्ने अबस्थामाछ ।
सरकार प्रहरी प्रशासन र कर्मचारी तन्त्रलाई चलाउन नसक्ने अबस्थामा रहेकाले जेनजीका मनग पूरा हुने कतै अबस्था देखिन्न ।त्यसैले आन्दोलन पछि काे याे अबस्था मुल्यांकन गर्नेहरु देश अरु सय बर्ष पछाडि धकेलिएकाे आँकलन गरि रहेका छन । साँच्चै यै आन्दोलन ले देशलाई १०० बर्ष पछि धकेले काे इतिहास हाम्रा भविष्यका सन्ततिले पढने भए त ! त्यसाे भए त जेनजी आन्दोलन नेपालका लागि ठूलाे कलंक पाे साबित हुने भाे त !






