आँखा शिविरबाट २४२ जना लाभान्वित

जुम्ला, २१ कार्तिक । 

सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन् ।

बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए ।  शिविरमा १२६ महिला र ११६ जना पुरुषले सेवा लिएका थिए । बिरामीको आवतजावतदेखि आवाससम्मको  खर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो ।

नागरिकको इच्छाअनुसार स्थानीय सरकारले स्वास्थ्य सेवालाई गाउँकेन्द्रित गरेको सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । यसैबीच, चालु आर्थिक वर्षको प्रथम तीन महिनामा जिल्लाका एक हजार ४७० जनाको नेत्र  परीक्षण गरिएको यहाँस्थित  नेत्रज्योति सङ्घले जनाएको छ ।  गत आवमा पाँच हजार ७०० जनाले सेवा लिएका थिए ।

आँखा शिविरबाट २४२ जना लाभान्वित

‘सुत्र’ कार्यान्वयनः मलेनिका र पालिका आपसी दोषारोपणमा 

आँखा शिविरबाट २४२ जना लाभान्वित

कम्युनिष्ट एकताले विश्वभर बलियो सन्देश दिएको छ

Leave a comment

Your email address will not be published. Required fields are marked *