जेन्जी २.० को कर्णाली प्रदेश भेला २५ गते हुदै

हस्त चौलागाईं
सुर्खेत,१९ कार्तिक ।
जेन्जी २.० को कर्णाली प्रदेश भेला २०८२ कार्तिक २५ गते हुने भएको छ । जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा कार्यक्रम संचालन हुनेछ । जेन्जी जेठ आन्दोलनले देशमा सिर्जित परिघटना,परिवेश तथा सवै पुस्ता र विचारहरुलाई एकिकृत गर्ने उद्येश्यले x,y,z पुस्ताका सम्पुर्ण स्वतन्त्र राष्ट्रबादी सोचका सवै युवाहरुलार्य गोलवद्ध गर्ने उद्येश्यले जेन्जी २.० गठन भइसकेको छ ।
यही उद्येश्यलाई मुर्तरुप दिदै जेन्जी २.० कर्णाली प्रदेशको भेला राखिएको सवै पुस्ताका सारथी तथा जेन्जी २.० कर्णाली प्रदेश संयोजक हिक्मत जंग मल्ले जानकारी दिए । मल्लका अनुसार स्वतन्त्र सोच,सक्षम नेतृत्व अभियानको प्रारम्भ गर्ने,राष्ट्रिय स्तरको सम्मेलनको तयारी समिति गठन तथा स्थानीय तह र शैक्षिक क्षेत्रसंग सहकार्य गर्ने कार्यक्रमको रुपरेखा रहेको संयोजक मल्ले बताएका छन् ।






