शिक्षणसँगै व्यावसायिक केराखेती

महेन्द्रनगर, १८ कार्तिक ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् । तर उहाँको परिचय शिक्षकमा मात्रै सीमित छैन । उनी हाल व्यावसायिक कृषकको रूपमा पनि परिचित छन् । विसं २०७५ देखि केराखेती गर्नुभएका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिरहेका छन् ।

“वार्षिक रु पाँच लाख भाडा तिर्ने गरी जमिन लिएर केराखेती गरिरहेको छु,” घिमिरेले भने, “वार्षिक केराखेतीबाट रु १० लाख मुनाफा हुन्छ ।” उनले केराखेतीबाट भएको आम्दानीले प्रत्येक वर्ष क्षेत्र विस्तार गर्नाका साथै छोराछोरीको अध्ययन खर्च जुटाइरहेको बताए ।

“केराको मूल्यमा उतारचढाव आउँदा कहिलेकाहीँ समस्या हुन्छ,” उनले भने, “कञ्चनपुर जिल्ला असारदेखि माघसम्म केरामा आत्मनिर्भर भइसकेको छ ।” उनले बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताए । केराखेतीबाट वार्षिक रु २० देखि ३० लाखसम्मको कारोबार हुने गरेको बताउँदै घिमिरेले केराखेतीमा आफूले १० जनालाई ज्यालादारीमा रोजगारी पनि दिएको जानकारी दिए । “बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजारहरू सिँचाइलगायतका विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक बर्ष सहयोग मिलेकै छ,” गाउँमा रहेको अंशुबर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत रहनुभएका घिमिरेले भने, “यहाँको बेलौरी र पुर्नबास क्षेत्रमा उत्पादन भएको केराका लागि बजारको समस्या छैन, धनगढी र अत्तरियामा खपत हुँदैछ ।” उनले गाउँमा कृषि समूहको नेतृत्व गर्दै बीउबिजन उत्पादनमा समेत जोड दिएका छन् ।

त्यसैगरी, पुनर्बास नगरपालिका–६ का बिमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगे । साना किसान संस्थामार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरे । “केराखेती गरेको सात वर्ष भयो, रोजगारीका लागि विदेशिने कि भन्ने सोच यो खेतीले आउन दिएको छैन,” भण्डारीले भने, “अहिले छ बिघा खेतीमा लगाएको केरा खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी भएकै छ ।”

कृषि पेसा अङ्गालेर जीविका चलाउँदै आउनुभएका भण्डारीले १२ बिघा खेत भाडामा लिएर खेती गरिरहेका छन् । भारतमा केराको उत्पादन बढ्दा त्यसको असर आफूहरूलाई पर्ने गरेको उनको भनाइ छ । उनले भने, “भारतीय केरा रोक लगाएर स्वदेशी उत्पादनलाई बढावा दिन आग्रह गरिए पनि सुनुवाइ भएन ।” कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकृत धर्मबहादुर साउदले यहाँ प्रतिहेक्टर २० मेट्रिकटन केरा उत्पादन हुने जानकारी दिए ।  “एक पालिका एक उत्पादनअर्न्तगत भीमदत्त केरा खेतीका लागि छनोट भएको छ,” उनले भने, “त्यसका लागि रु ४० लाख रकम विनियोजन भएको छ ।”

शिक्षणसँगै व्यावसायिक केराखेती

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

शिक्षणसँगै व्यावसायिक केराखेती

स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो

Leave a comment

Your email address will not be published. Required fields are marked *