शिक्षक सरुवालाई राजनीतिकरण नगर्न आग्रह 

सुर्खेत, १८ कार्तिक ।

वीरेन्द्रनगर नगरपालिकाले शिक्षक सरुवाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी वीरेन्द्रनगर नगरपालिकाले संविधानले स्थानीय तहलाई दिएको अधिकार बमोजिम शिक्षक सरुवा गरिएको भन्दै त्यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख मोहनमाया ढकालले शैक्षिक सुधारका लागि आवश्यकताका आधारमा शिक्षक सरुवा, विद्यालय समायोजन र दरबन्दी मिलान गरिएको भन्दै यसलाई कसैले पनि राजनीतिक रुपमा हेर्न नहुने बताए । माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई भए बमोजिम नगरपालिकाले बनाएको स्थानीय शिक्षा ऐनका साथै दश बर्षे शिक्षा योजना कार्यान्वयनको चरणमा रहेको प्रमुख ढकालले स्पष्ट पारे ।

वीरेन्द्रनगर नगरपालिकाले केही दिन अघि नगरपालिका भित्रका माध्यामिक विद्यालयमा शिक्षक सरुवा, पाँच बर्षका लागि प्राधानाध्यापक नियुक्ति तथा विद्यालय समोजन गरेको थियो । नगरपालिकाको निर्णय बिरुद्ध शिक्षक, विद्यालय व्यवस्थापन समिति र कतिपय अभिभावकहरुले विरोध गर्दै नगरपालिकामा अस्तीदेखि तालाबन्दी गरेका छन् ।

विशेषगरी नेपाली काँग्रेसमा आवद्ध शिक्षक र विद्यालय व्यवस्थापन समितिका व्यक्तिहरु आन्दोलनमा देखिएका छन् । उनीहरुले नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले राजनीतिक रुपमा आफूहरुलाई पेल्न खोजेको आरोप लगाएका छन् । नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव धिरेन्द्र प्रसाद शर्माले सरुवा गर्दा राजनीतिक आस्था र बिचारलाई नहेरी नगरपालिकाको आवश्यकता बमोजिम काम गरिएको दाबि गरे ।

प्राधानाध्यापकहरुलाई पाँच बर्षका लागि काजमा पठाइएको तथा कतिपय विदालयमा दरबन्दी मिलान पनि गरिएको शर्माले बताए । नगरपालिकाको निर्णयबाट असन्तुष्ट पक्षले निर्णय फिर्ता लिन माग गर्दै आइतबारदेखि नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नगर प्रमुख ढकालले तालाबन्दी खोलेर बार्तामा आउन आग्रह गरिएको छ । ताला बन्दीबाट नागरिकलाई सेवा प्रवाहमा असर परेको भन्दै प्रमुख ढकालले वार्ता र संवादबाटै समाधान खोज्न आग्रह गरिन ।

शिक्षक सरुवालाई राजनीतिकरण नगर्न आग्रह 

लागुऔषध ब्राउनसुगर सहित सुर्खेतमा ३ जना पक्राउ

शिक्षक सरुवालाई राजनीतिकरण नगर्न आग्रह 

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

Leave a comment

Your email address will not be published. Required fields are marked *