जलवायु परिवर्तनका कारण उत्पन्न आप्रवासनका चुनौतीलाई सम्बोधन गर्न तिलामा युवा कचहरी

काली बहादुर परियार

जुम्ला,१४ कार्तिक।

जलवायु परिवर्तनका कारण उत्पन्न आप्रवासनका चुनौतीलाई सम्बोधन गर्न जुम्लाकाे तिला गाउँपालिकामा जलवायु प्रेरित आप्रवासनमा रहेका समुदायहरूमा उत्थानशीलता र सशक्तिकरण वृद्धि परियोजना अन्तर्गत युवा कचहरी कार्यक्रम सम्पन्न भएको छ।

कचहरीमा युवाले जलवायु परिवर्तनका असर, स्थानीय उत्पादन र रोजगारीका अवसरहरूमा केन्द्रित भएर छलफल गरेका थिए । कार्यक्रममा स्थानीय प्रशासन, कृषि, उद्योग र अनुसन्धान क्षेत्रका विज्ञहरूले युवा दृष्टिकोणमा जोड दिंदै व्यवहारिक समाधानका सुझाव प्रस्तुत गरे ।

कार्यक्रमका मुख्य प्यानलिष्टहरूमा प्रमुख उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका मन्दिरनाथ योगी, तिला गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश विश्वकर्मा, कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी, र बागवानी अनुसन्धान अधिकृत टीका कुमारी थापा मगर रहेका थिए ।

वक्ताहरूले जलवायु परिवर्तनका कारण खेतीपातीमा आएको अस्थिरता, उत्पादन घट्दै गएको अवस्था र रोजगारीका सीमित अवसरका कारण युवाहरू गाउँ छोड्न बाध्य हुने अवस्था माथि चिन्ता व्यक्त गरेका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले भने, हाम्रो युवाशक्ति गाउँमै रोजगारी र उद्यमशीलता सिर्जना गर्न सक्षम छ, तर नीति र स्रोत सही रूपमा परिचालन गर्नु पर्ने बताए ।

त्यस्तै तिला गाउँपालिका कृषि शाखा प्रमुख राजेश विश्वकर्माले जलवायु अनुकूल कृषि प्रणाली अपनाउन र आधुनिक प्रविधिको प्रयोगमा युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार, मौसमी अनिश्चितताले उत्पादकत्व घटाइरहेको छ, त्यसैले अब स्मार्ट कृषि र स्थानीय बीउ संरक्षणमा युवाको नेतृत्व जरुरी रहेकाे बताए ।

यस्तै कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जलवायु प्रतिरोधी बाली र स्थानीय उत्पादनमा आधारित बजार सञ्जाल विस्तार गर्नुपर्ने सुझाव दिए ।

बागवानी अनुसन्धान केन्द्र राजिकाेटका अधिकृत टीका कुमारी थापा मगरका अनुसार, महिला र युवतीहरूको सहभागिता बिना सशक्तिकरण अधुरो हुने बताइन् । उनले भनिन् , जलवायु अनुकूल कृषि प्रविधि सिक्न युवतीहरू पनि अगाडि आउनुपर्छ।

कार्यक्रमले सहभागी युवाबीच आत्मविश्वास, नेतृत्व क्षमता र समाधानमुखी सोच विकास गर्ने अवसर प्रदान गरेको आयोजक संस्थाले जनाएको छ। स्थानीय युवाहरूले पनि जलवायु परिवर्तनको असर घटाउन गाउँमै हरित उद्यम र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवाज बुलन्द गरे।

युवा र सरकारी निकायबीच सहकार्य गर्दै जलवायु सशक्तिकरण र रोजगारी सिर्जनामा ठोस कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

जलवायु परिवर्तनका कारण उत्पन्न आप्रवासनका चुनौतीलाई सम्बोधन गर्न तिलामा युवा कचहरी

धान मात्रै होइन् आशा पनि भिज्याे: जुम्लाका

जलवायु परिवर्तनका कारण उत्पन्न आप्रवासनका चुनौतीलाई सम्बोधन गर्न तिलामा युवा कचहरी

एमाले जुम्लाको कार्यकर्ता भेला सम्पन्न : वडा

Leave a comment

Your email address will not be published. Required fields are marked *