आठवीसमा पहिरोले १२ घर विस्थापित

सुर्खेत, १४ साउन ।
दैलेखको आठबीस नगरपालिकामा पहिरोले १२ घर परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै गएको पहिरोले नगरपालिकाको वडा नं. ५ पिपलकोटमा ५ घर र चिउरीमा ७ गरी जम्मा १२ घर परिवार विस्थापित भएका हुन् । बुधबार बिहान गएको पहरोले एक घुम्तीसहित तीन घर बगाइ सकेको छ भने बाँकी घरहरू उच्च जोखिममा रहेको आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले जानकारी दिए । पहिरोको कारण मालाचौर बजारनै जोखिममा रहेको उनको भनाई छ ।

जोखिममा परेका घर परिवारलाई तत्कालका लागि मालाचौरमा बजारमा खाली रहेका घर र विद्यालयमा त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाउने काम भैरहेको मेयर उपाध्यायले जानकारी दिए । पहिरोले मानविय क्षती नभए पनि ठूलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । घटनास्थलमा प्रहरीको टोली खटिएको र जनप्रतिनिधि र स्थानीयसहितको संयुक्त टोलीले उद्घार र व्यवस्थापनको काम गरिरहेको कार्यालयले जनाएको छ ।

आठवीसमा पहिरोले १२ घर विस्थापित

निरन्तर वर्षासँगै कर्णालीमा बाढी र पहिरोको वितण्डा

आठवीसमा पहिरोले १२ घर विस्थापित

किसानलाई मलको अभाव

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds