घुयँत्राे:विकासको बाचा छुट्यो, डरको नारा चढ्यो : जेनजी युगको बिनाघोषणा चुनाव

सामन्य त चुनाबि मैदानाँ उत्रिँदा मैले वा हाम्राे पाटिले चुनाब जित्याे भने याे याे काम गर्नेछम् भनेर जनता अगाडि घाेषणा गरेर चुनाबाँ हामफाल्ने चलन हुन्छ । पैले पैलेका चुनाबाँ त्यस्ताे हुन्थ्याे पनि । तर, याे पटककाे चुनाबाँ भने सबै उमेदवार घाेषणापत्र विनै चुनाब प्रचाराँ दाैड्या देख्याछ । यश अघि गर्ने बाचा पूरा भएनि नभएनि मतलबथेन ।याे पटक भने जेनजीहरले साताेल्या हुनाले हाे कि किन हाे कुन्नि ! घाेषणा पत्र लेख्ने र त्याे काम पूरा भएनन् भने जेनजीले घरसर आगाेलाएर डँडाल्नाे सेक्छनकि भनेर दल हुन कि स्वतन्त्र काेईपनि घाेषणापत्रकाे चक्कराँ देखिन्नन ।

जेनजीकै डरले त हाेला घाेषढापत्र नलेख्या । हुनपनि सुर्खेतकाे २ नं क्षेत्रा उमेदवारले चाैकुने सिमेन्ट फ्याक्ट्रि बनाउने कुरा र गिरिघाट तेलपानी सडक र भेरी नदीयाँ पक्कि पुल बनाउने कुरा बिचरा उमेदवारले चुनाबै पिच्छे लेखे हाेलान तर नत सिमेन्ट उद्याेग बन्याे नत पक्किपुल र तेलपानी हुँदै बर्दिया जाने बाटाे बन्याे । कैले सरकारले पैसा देन कैले कैले ठेकेदारले काम गर्देन र सडक र पुल बनेन अनि दलालिमा प्रचण्डले चाहेजति पैसा पाएनन अनि सिमेन्ट उद्याेग बन्न देनन । याे त सामान्य पिछडिएकाे सुर्खेतकाे कुरा भाे यस्ता घाेषणा र बाचा त अन्य ७६ जिल्लाँनि कतिछन कति । सरकार र ठेकेदारकाे मिलाेमताेमा यस्ता निर्माण कार्य त कति राेक्या हाेलान कति ! हिजाेका दिनाँ पाे सजिलाेथ्याे । ऐले त जेनजीका नामाँ हाताँ भाटा च्याप्दै आएभने क्यार्नि हाे । हुनपनि जति बाचा गर्याछन उति अधुरै छाेड्याछन जता हेर्याे त्यतै लथालिङ्ग कतैनि स्यार गर्न नसक्या देखेछि जेनजीहरुनि हुक्क भएर त हाेला जेनजीहरुनि ताेडफाेडमा उत्र्या ।

अब भने विना घाेषणापत्र चुनाब जितेछि कसैले नि याे विकास गर्छु भनेर वाेल्या हुन्न अनि सत्तारुढ दलरैछ भने यसाे बजेड पार्न लगाउला र उपभाेक्ता समितिकाे भुँडी भराउला सत्तारुढ हैनछ भने भए काम गरेँ भन्ला नभए कुनै कामै गर्न पराेईन , कसैले किन गरिनस भन्ने कुरानि भएन , गजब गरिस भन्ने कुरानि भएन । खासमा जेनजी आन्दोलनले त नेताहलाई फाईदा गराउनसम्म गराएछ हैन र ! याे पटक पुराना दललाई घाेषणापत्र लेख्नै पर्ने बाध्यता पनि भएनछ । किनभने रबि र हर्कले पुराना पाटिलाई मतै नहाल्नु नयाँ जेनजी पाटिहरुलाई मात्रै मत हाल्नु भनेर भाषण गर्दै हिँड्याछन ।त्यसैले विचरा पुराना दल न चुनाब जित्ने न घाेषणा पत्र लेख्ने, द्विविधाँपाे छन बिचराहरु ! २ दिनकाे आतंकले ल्याएकाे याे चुनाबाँ कस्ता मान्छे आउने हुन अनि कस्ता जाने हुन कसैकाे ठेगान नभा हुनाले याे पटककाे चुनाबाँ जनताहरुनै खासमा यसलाई भाेट दिम्ला र यसले चुनाब जित्याे भने याे खाेलाँ पुल बनाम्ला या याे बाटाे बनाम्ला अथवा याे स्कुलबनाम्ला भन्याजस्ता यस्ता केई कुरा साेच्या छैनन । जति पटक भाेट हालेनि त्याे सरकार कैल्यै ५ बर्ष नटिक्ने , सरकारै नटिकेछि अनि के काे विकास ! हरेक बर्षदिन वा डेढ वर्षाँ सरकार फेरिने भएछि जनता नि वाक्क दिक्क भएर याे चुनाब नआएनि हुँदाे भन्ने भा छन

। याे पटककाे चुनाबाँनि याैटै पाटिलाई मत दिएर सरकार बनाउने अबस्था ल्याएनन भने उई हिजाेकै जस्तो भाँडभैलाे गर्ने सरकार आउने त हाेला । मत दिने बेलाँ एउटै पाटिलाई बहुमत दिनेगरि भाेट नहाल्ने अनि पछि याे सरकारले याे बनाईदेन उ बनाईदेन भनेर के गर्ने । साँच्चै भन्ने हाे भने जल्लाई देनि याैटाेलाई भाेट दिनु पर्याे अनि त्यल्ले जनताले भन्याजस्ताे विकास गरेन भने अनि बल्ल त्यस्तालाई फेरि जेनजी आन्दोलनाँ सरकार गिरायझैँ गिराउन सकि हालिन्छ नि । त्यसैले त हाम्राे गाउँ घराँ उखानछ त ” खरा लेना खरा देना” । त्यसैले कुरा त बुझ्नु भाे नि जनताजनार्दनज्युहरु । अब आँफुूनि सच्चिनुस् अरुलाई नि सच्याउनाेस तब देश बन्छ ।

घुयँत्राे:विकासको बाचा छुट्यो, डरको नारा चढ्यो : जेनजी युगको बिनाघोषणा चुनाव

निर्वाचनको सुरक्षा चुनौती : बाँकेमा ६१ मतदान

घुयँत्राे:विकासको बाचा छुट्यो, डरको नारा चढ्यो : जेनजी युगको बिनाघोषणा चुनाव

जुम्लामा आचारसंहिता पालनाबारे छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *