घुयँत्राे:“भ्रष्टाचारलाई कानुनी बनाउनेहरूलाई जनताले बनाइदिए ‘बेकानुनी’”

“अति गर्नु अत्याचार नगर्नु” भन्ने उखान छनि हाम्राे गाउँघराँ त्यै उखान पाे सम्झाउने भाे त याे चुनाबले ।काँग्रेस ,एमाले,माओवादि जनताले बारम्बार तपाईँहरु सुध्रिनुस भन्दै रहे तर दलका नेताले मानेनन । भष्टाचारीलाई कार्वाही गराैँ भने उल्टै ऐननै परिवर्तन गरेर भष्टाचारलाई कानुनी बनाए,दलले न्यायाधीश वा अख्तियार जस्ता अनेकाैँ आयाेगमा भागबन्डा गरेर मान्छे नहुल्नुस भने टेरेनन अर्थात जनताले जे नगर्नु भने उनिहरुले त्यैत्यै गर्दै गए । जनताले नि सहँदै गए अन्तत जनताकाे पालाे आयाे अनि मै हु भन्ने दल र नेताहरुलाई २१ काे चुनाबाँ यसरि बदला लिएकि सायद उनिहरुले यस्ताे परिणामकाे आशा गरेकै थिएनन हाेला । माओवादिले देशमा १० बर्ष आतंक मच्चाएर चुनाबमा आउँदा जसरि चुनाब जितेका थिए त्यस्त‌ै गरेर याे चुनाबमा रास्वपालेनि अकल्पनीय विजय हाँसिल गर्याे । यद्पी माओवादिले जनतालाई डराउन दिएर,काटमारकाे धाक लगाएर र भाेट दिएनदिएकाे सिसि क्यामेरामा हेर्छम् र नदिएकाे भए जन कार्वाहि गर्छाैँ भन्ने डर धाक धम्कीले माओवादिका नेता प्रचण्ड सत्ताकाे सुखसयलमा तीनतीन पटक रमाउने अबसर पाए । त्यै अबसरलाई छाेपेर उनले यति पैशा जाेडेकि जसकाे गिन्तिनै गर्न सकिँदै । आँफु१० बर्ष जङ्गल बस्दा देखिका साथि र पदमा बहालि भएछि साथ गरेका व्यापारीदेखि ठेकेदारसम्मलाई नि बनाउनसम्म बनाए । प्रचण्डले र वलिले यतिसम्म गरेकि आँफुहरुलाई कमिसन नआउने वा काममा पाटर नबनाउने याेजनाहरुमा पनि काम हुन दियनन । सुर्खेतकै चाैकुने सिमेन्ट उद्योग अपर कर्नालि जस्ता आयाेजनाहरु ठेकेदारलाई प्रचण्डले अहिलेसम्मनि काम गर्न दिएका छैनन । जबकि ती आयाेजनाहरु बनाउने हाे भने कर्नालि प्रदेश र सुदुर पश्चिमका मान्छेहरुलाई समेत राेजगारी दिन सकिन्थ्याे । जनता उद्योग धन्दा व्यापार ब्यवसाय कलकारखाना चलुन सबैले राेजगारी पाउन भन्ने थियाे तर उनिहरु त भएका उद्योग नि बेच्ने बेराेजगारी थुपार्ने र अन्तत जनता राेजगारीका लागि विदेश पलायन हुन बाध्य भए र फेरि तिनै विदेश गएका बाट पैशा ( रेमिटेन्स ) धुतेर सरकार चलाउने नाैटंकिकाे शुरुआत गरेका नेताहरुलाई अनेक तरहले सम्झाउँदानि नेताहरु भष्टाचार गर्न राेकियनन । भष्टाचारकाे कुरा उठाउने जनतालाई उल्टै खेदन थाले भष्टाचारले यति पराकाष्ठा नाघ्याे कि भष्टाचार विरुद्ध काम गर्ने संस्थाहरुले नेपाललाई कालाे सूचिमा राख्न थाल्याे र ऐलेनि राखेकैछ । तर नेताहरु भष्टाचारमा शून्य सहनसिलताका नाममा झनै भष्टाचारकाे विगविगि चलाई रहेका छन । उमेरले ८० पुग्न लागि सक्दासमेत अँझै २५ बर्ष सत्तामा बस्ने माेह जगाएर पाटि कब्जा गरेर वलिले अरु पाटिकाे समेत चुनावि माहोल खराब गरि दिएका छन । वलि अथवा प्रचण्डले सत्ता चलाउँदा भष्टाचारीलाई कारवाहि गर्न शुरु गरेकाे भए न जेनजी आन्दोलन हुन्थ्याे न याे चुनाबि परिणाममा दलहरुकाे हरिविजाेग हुन्थ्यो । अब रबि बालेनले चुनाब जितेर सरकार बनाएर दलले प्रचार गर्याजस्ताे अमेरिकि दलाल नभएको प्रमाणित गर्दै देश विकासका ढाेका खाेलेर चुनावमा आएकाे अप्रत्यासित परिणाम जस्तै विकास र राेजगारीमा अप्रत्याशित परिणाम ल्याउनतिर लागे भने जनता स्वभाविकरुपमा रास्वपाकाे साथमा लाग्नेछन र पुराना दल हराएर जान पनि बेरछैन ।जनताकाे मन हाे उनिहरुलाई लागे कसैकाे दाल गल्दैन भन्ने त देखियाे त ! तर अँझै पनि वलिमा पश्चाताप छैन । उनकाे ५ बर्षे पाटि अध्यक्ष कार्यकालमा कसरिपाटि हाँक्लान त्याे भने हेर्न बाँकि छ ।

घुयँत्राे:“भ्रष्टाचारलाई कानुनी बनाउनेहरूलाई जनताले बनाइदिए ‘बेकानुनी’”

जुम्लामा हलोको दबदबा कायमै : ५ हजारभन्दा

घुयँत्राे:“भ्रष्टाचारलाई कानुनी बनाउनेहरूलाई जनताले बनाइदिए ‘बेकानुनी’”

बाँके २ मा इस्तियाक राईको अग्रता कायम

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds