सुदूरपश्चिममा ५१ प्रतिशत मत खस्यो, कञ्चनपुरमा सबैभन्दा बढी

कैलाली, २१ फागुन ।

प्रदेश निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशभर कुल ५० दशमलव ९ प्रतिशत मत खसेको छ । प्रदेशका ९ वटा जिल्लामा रहेका कुल १७ लाख १६ हजार ६ सय ६० मतदाता मध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

तथ्यांकअनुसार कञ्चनपुरमा सबैभन्दा बढी मतदान भएको छ । त्यहाँ ५८.६ प्रतिशत मत खसेको छ । ३ लाख १४ हजार ३ सय ८५ मतदातामध्ये १ लाख ८४ हजार ३ सय १६ जनाले मतदान गरेका छन् । त्यसैगरी सबैभन्दा कम मतदान अछाम जिल्लामा ३९.२ प्रतिशत भएको छ । त्यहाँ १ लाख ६५ हजार ३ सय ३७ मतदाता रहेकोमा ६४ हजार ७ सय ८० जनाले मतदान गरेका छन् ।

सबैभन्दा धेरै मतदाता सङ्ख्या रहेको कैलाली जिल्लामा ५५.४ प्रतिशत मतदान भएको छ । यहाँ ५ लाख ५१ हजार ५२ जना मतदाता रहेकोमा ३ लाख ५ हजार १ सय २२ जनाले मत दिएका छन् । त्यस्तै दार्चुलामा ९२ हजार ९ सय ४८ मतदाता रहेकोमा ४९ हजार ९ सय ६८ जनाले मतदान गरेका छन् । यहाँ कुल मतदाताको ५३.८ प्रतिशत मत खसेको छ ।

त्यस्तै बाजुरामा ८७ हजार ८ सय ६१ मतदाता रहेकोमा ४६ हजार २ सय ३२ जनाले भोट दिएका छन् । यहाँ ५२ ।६ प्रतिशत मत खसेको तथ्यांक छ । डडेलधुरामा ४९.२ प्रतिशत मत खसेको छ । यहाँ कुल मतदाता संख्या ९३ लाख ४ सय ३ रहेकोमा ४५ हजार ९ सय ९ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

त्यस्तै तथ्यांकअनुसार बैतडीमा ४६.८ प्रतिशत मत खसेको छ । यहाँ कुलमतदाता संख्या १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेकोमा ७३ हजार १ सय ४८ जनाले भोट दिएका छन् । बझाङमा ४१.१ प्रतिशत मत खसेको छ । यहाँ १ लाख २६ हजार ९ सय ३ मतदाता रहेकोमा ५२ हजार २ सय १७ जनाले मतदान गरेका छन् ।

डोटीमा ४०.९ प्रतिशत मत खसेको विवरणमा उल्लेख छ । डोटी जिल्लामा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेकोमा ५२ हजार ४ सय ८५ जनाले मतदान गरेको जनाइएको छ । प्रदेशमा तराईका जिल्लाहरूमा पहाडी जिल्लाको तुलनामा मतदान प्रतिशत केही बढी देखिएको छ ।

सुदूरपश्चिममा ५१ प्रतिशत मत खस्यो, कञ्चनपुरमा सबैभन्दा बढी

नवपुस्ताका मतदाता भन्छन्‌ः ‘हाम्रो भविष्यसँग फेरि खेलबाड

सुदूरपश्चिममा ५१ प्रतिशत मत खस्यो, कञ्चनपुरमा सबैभन्दा बढी

उत्साह कम उत्सुकता बढीको निर्वाचन कर्णालीमा खस्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds