जुम्लामा भाेली बिहान ७ बजे देखि मतगणना हुने

काली बहादुर परियार
जुम्ला,२१ फाल्गुन ।
जुम्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजे बाट भएको मतदान साँझ बजे सम्पन्न भएको हाे । जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता मध्य ५७.४४ प्रतिशत मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जुम्लाले जनाएको छ
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार आजनै सम्पन्न सर्वदलीय बैठकले भाेली बिहान ७ बजे देखि मतगणना सुरू हुने जानकारी दिए ।
जुम्लाकाे भाैगाेलिक विकटताका कारणले मतपेटिका बजार सम्म आउन समय लाग्ने भएको हुदा भाेली बिहान ७ बजे पछि मात्र मतगणना हुने छ ।
जिल्लाभर रहेका ११० वटा मतदान केन्द्र बाट प्राप्त विवरण अनुसार महिला २१ हजार १ सय ४६ र पुरुष २० हजार ६४ गरी जम्मा ४१ हजार २ सय १० मत खसेकाे जानकारी दिए ।
जुम्लाका सबै मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जिल्ला प्रशासन तथा सुरक्षा निकायले जनाएको छ।






