घुयँत्राे:“मूल घर भत्कियो, आँगनमा झुण्डिएका नामप्लेट अझै सुरक्षित”

साँच्चै याैटा कुरा जान्न मन लायाे के यसकाे जवाफ कसले देलान् । खासमा कुरा के भने मूलपाटि वा संस्था डिजल्भ भयाे भने त्यसकै भातृ वा शुभ चिन्तक संस्था के हाेलान ? त्यै पुरानै नामबाट रहलानकि अरु नामबाट उदाउलान ? जान्न पाे मन लायाे के ! हिजाे जुन पाटिकाे भातृ वा शुभचिन्तक बनियाथ्याे त्यै मुलनै नरहे पछि त त्यसका हाँङाविङा त कसरी रहलान र ? रहेका छन भनेनि नि वास्तबमा त्यै नामले रहने त उनिहरलाई अधिकारै छैन हाेला नि त ! जस्तो हिजाे माओवादि पाटि थियाे अनि त्यसकै भातृ वा शुभचिन्तक भनेर पत्रकारले प्रेस चाैतारी , कर्मचारीले राष्ट्रिय कर्मचारी संगठन अर्थात राकस बनाए,अनि समाजवादिले समाजवादि प्रेस संगठन र कर्मचारीमा नि समाजवादि कर्मचारी संगठन बनाए र सत्तामा हालि मुहालि गरे भन्या ठाँ जागिर खाए जे जे गर्ने हाे गरे भनम् न ! तर जव जेनजी आन्दोलन भयाे त्यसपछि देशाँ चुनाब हुने भाे, प्रचण्डले देशभरका कमिनिष्ट पाटि जतिलाई एकै ठाँ ल्याउँछु र पाटिकाे राजाभएर देश चलाउँछु भनेर लाग्दा पाटि एकीकरण पछि १८ दल मिलाएर एउटै पाटि बनाएर नेकपा माओवादि भन्ने पाटिनै खारेज गरेर ऐले नेपाली कमिनिष्ट पाटि बनाछन । जब माओवादि पाटि वा समाजवादि पाटि भन्ने कहिँ कतै नाम निसानानै रहेन । जब जस्का नामबाट ती संगठन जन्म्याथे ति नै रहेनन त प्रेस चाैतारी र समाजवादि प्रेस भन्ने कसरी रहन्छ के ? किनभने यीनिहरु त ती पाटि बनेछि तिनै पाटिका नेताहरुलाई आफ्नो तर्फाट लिस्नाे लाएर सरकाराँ पुर्याउँछु भनेर जन्माकाे संगठन हाे । अब त्याे मुलपाटि नै नभएछि हामी त्यसकै हुम् भन्न कसरी मिल्ला र ? तिनरले भन्ने आधारनि के हाेला र? कि त प्रेश चाैतारीले अब हामी” प्रकाण्ड” वा धर्मेन्द्र वा माेहन वैद्यका हुम भनेर भन्न पर्याे किनभने तिनरकाे पाटिकाे नाममा माओवादि जाेडियाछ । हैन भने त तिनरले नि नयाँ नामले संगठन बनाउनु पर्ने हैन र ? हैन नाम त्यै राख्छम भनेनि मूलपाटि जन्मिएछि बल्ल अब भातृ वा शुभचिन्तक पाटि जन्मिनु पर्ने हाे हैन र ? कि मुल पाटि भन्दानि भातृ संगठन जेठा हुन्छन र ? अरुलाई नैतिकताको पाठ पढाउने साथिहरुले पैले आफू नैतिकवान बनेर पाठ पढाउनु पर्याे है । अन्यथा कसैले यी कुरा उठायाे भने यसकाे जवाफ के भनेर दिने ,साथिहरले कुराे त राम्ररी बुझ्या हाेलानि हैन र? सायद याे विषयाँ प्रचण्ड कमरेड र माधब कमरेडलाई थाहै छैन हाेला ।त्यसाे त थाह भएनि याे चुनाबकाे दाैडधुपले यतातिर हेर्ने फूर्सद नभानि हुन्सक्छ । या जाँ प्रचण्ड र माधब नेपाल त्यैँ चाैतारी र समाजवादि भन्ने व्याख्या गर्यानि हुन सक्छ । संस्था जन्माउने बेलाँ प्रचण्ड र माधब नेपालकै संगठन भनेर गरा हुन भने भाेलि तिनरकाे शेषपछि अर्काे दर्ता गर्नु पर्ने हाेला र ऐलेलाई यथावत भन्या हाेलान । हुनत ब्यक्तिका नाममा पाटि खाेल्ने चलननि हुन सक्छ नेपालाँ । अन्यत्र संस्थागत रुपाँ त्यस्ता संगठन खाेलिन्छन तर हामीकाँ यी कमिनिष्ट नेताहरुले आफ्ना नामाँ नै संगठन खाेलानि हुन सक्दछ । यदि साँच्चिकै त्यस्तै हाे भनेत ती भातृ संगठनहरले नि हामी प्रचण्डका वा माधब नेपालकै हुम है हिजाे जे नाममा पाटि संगठन खाेलियनि हामी ऐले हाम्रा भगवान माधब र प्रचण्डकै जी हजुरीमा संलग्न हुनेछाैँ है भनेर जनतालाई सुसूचित गराउनु पर्थ्याेनि त हैन र ? हाम्लाई जानकारी त हुन्थ्याे नि ! तर केई छैन छैन याे देशाँ ऐन नियम अनुसार काे हिन्याथ्याे र चाैतारी र समाजवादि हिननु पर्याे हैन र ? कसैका मनाँ केई जिज्ञासा उठ्याे भन्दैमा त्याे जिज्ञासा मेटनै पर्छ भन्ने नि त छैन नि हैन र ? जयहाेस !

घुयँत्राे:“मूल घर भत्कियो, आँगनमा झुण्डिएका नामप्लेट अझै सुरक्षित”

बर्दियामा चितुवाको आक्रमणबाट एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *