विकासका वाचा होइन, विचारको संवाद: किताब बेच्दै चुनावी मैदानमा धिताल

गाेल्डेन बुढा

जुम्ला,१९ माघ।
चुनाव भन्नासाथ खर्च, शक्ति र पहुँचको प्रतिस्पर्धा सम्झिने नेपाली राजनीतिमा जुम्लाबाट एउटा असामान्य तर, अर्थपूर्ण हस्तक्षेप भएको छ।प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा उम्मेदवार मनऋषि धिताल ले चुनावी खर्च जुटाउन किताबलाई माध्यम बनाएका छन्।जहाँ पैसाभन्दा विचार अग्रपङ्क्तिमा छ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अन्य उम्मेदवारहरू विकास निर्माण, बजेट र भौतिक पूर्वाधारका प्रतिबद्धता लिएर मतदाताको ढोका ढकढक्याइरहेका बेला, धिताल भने इतिहास, चिन्तन र बहस बोकेर घरदैलोमा छन्।उनको भनाइ स्पष्ट छ।“यो चुनाव केवल जित–हारको होइन, लोकतन्त्रलाई कसरी बुझ्ने भन्ने प्रश्नको पनि हो।”यसअघि पत्रकारितामा सक्रिय रहेका धितालले २०८० सालमा प्रकाशित गरेका आठवटा पुस्तकलाई बण्डल बनाएर बिक्री गरिरहेका छन्। पाँच हजार रुपैयाँ मूल्य तोकिएको उक्त बण्डल कतिपयले पुस्तकका रूपमा खरिद गरेका छन्।

भने कतिपयले लोकतान्त्रिक अभ्यासमा सहयोग भन्दै थप रकमसमेत दिएका छन्।यसले उनको अभियानलाई केवल आर्थिक व्यवस्थापनभन्दा माथि उठाएर सहभागितामूलक राजनीतिको अभ्यास बनाएको छ।धितालको अभियानमा किताब केवल सामग्री होइन, राजनीतिक संवादको औजार बनेको छ।“मैले किताब बेचिरहेको छु, तर त्यसभन्दा ठूलो कुरा,नागरिकलाई सोच्ने अवसर दिइरहेको छु,”उनको तर्क छ।उनले जुम्लाका दुर्गम बस्तीहरूदेखि सदरमुकामसम्म आफ्ना पुस्तक पुर्‍याउने लक्ष्य लिएका छन्। यस अभियानमार्फत उनले जुम्लालाई ‘भोट बैंक’ होइन, विचारशील समाजको रूपमा चित्रण गर्न खोजेका छन्।“जुम्ला सधैं परिवर्तनको पक्षमा उभिएको जिल्ला हो,” उनी भन्छन्,“यहाँका नागरिक नारा होइन, विकल्प खोज्छन्।”धिताल आफू व्यक्तिगत महत्वाकाङ्क्षाले होइन, जुम्ली जनताको सल्लाह, बहस र अपेक्षाबाट प्रेरित भएर चुनावी मैदानमा उत्रिएको बताउँछन्। लोकतन्त्रको सबैभन्दा परिष्कृत अभ्यास चुनाव भएको उल्लेख गर्दै उनले उम्मेदवार र मतदातालाई जवाफदेही, सचेत र मर्यादित भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।यसपटक जुम्लामा १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये सिंजा क्षेत्रबाट मात्रै पाँच जना उम्मेदवार रहेकाले प्रतिस्पर्धा कडा मात्र होइन, वैचारिक रूपमा पनि बहुआयामिक बनेको छ।यही भीडमा मनऋषि धितालको अभियान शोरभन्दा फरक स्वरका रूपमा उभिएको छ।

जहाँ चुनाव खर्च अपारदर्शिता र पैसाको प्रभावको आलोचना भइरहेका बेला, किताब बेचेर चुनाव लड्ने अभ्यास केवल व्यक्तिगत प्रयोग होइन्।यो नेपाली लोकतन्त्रको आत्मालाई सोधिएको गम्भीर प्रश्न हो।जुम्लाबाट उठेको यो प्रयोगले चुनाव जित्ला–नजित्ला, तर राजनीतिमा विचारको ठाउँ अझै बाँकी छ, भन्ने सन्देश भने राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

विकासका वाचा होइन, विचारको संवाद: किताब बेच्दै चुनावी मैदानमा धिताल

घुयँत्राे:“चुनाब जितेँ भने लोकतन्त्र, हारेँ भने बतासे

विकासका वाचा होइन, विचारको संवाद: किताब बेच्दै चुनावी मैदानमा धिताल

दाङ–१ मा चार दलीय भिडन्त, थारु मत

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds