रास्वपाकी उपसभापति तारा शाही कांग्रेसमा फिर्ता ”

गाेल्डेन बुढा

जुम्ला,१९ माघ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाहीको नेपाली कांग्रेसमा पुनः प्रवेशले जिल्लाको चुनावी राजनीति नयाँ मोडमा पुगेको छ। रास्वपाको आन्तरिक गतिविधि र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै शाही कांग्रेसमा फर्किनु केवल दल परिवर्तन मात्र नभई, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलमाथिको प्रश्नका रूपमा समेत हेरिएको छ।शाहीलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन्। खड्काले शाहीको पुनः आगमनले कांग्रेसको संगठनात्मक सशक्तीकरणमा सकारात्मक सन्देश गएको प्रतिक्रिया दिइन्।यता नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाका अनुसार निर्वाचन केन्द्रित छलफलका क्रममा शाहीले रास्वपा परित्याग गर्ने निर्णय सार्वजनिक गरेकी हुन्।

उनका अनुसार कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको हो।शाही जुम्लाको चन्दननाथ नगरपालिका–५ की बासिन्दा हुन्। उनी यसअघि कांग्रेसमै सक्रिय राजनीतिमा रहेकी थिइन्। वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी शाही केही समयमै उपसभापति पदमा पुगेकी थिइन्। तर अपेक्षित राजनीतिक अभ्यास, स्थानीय एजेन्डामा स्पष्टता र संगठनात्मक स्थायित्व नदेखिएको भन्दै उनले दल परित्याग गरेको बुझिएको छ। शाहीको फिर्तीलाई रास्वपाबाट कांग्रेसतर्फ भइरहेको असन्तुष्टिको संकेतका रूपमा व्याख्या गर्छन्। खासगरी निर्वाचन नजिकिँदै गर्दा अनुभव, संरचना र स्थानीय आधार भएका दलतर्फ नेताहरू फर्किन थालेको प्रवृत्ति यस घटनाले उजागर गरेको उनीहरूको भनाइ छ।

जुम्ला कांग्रेसले शाहीलाई ‘घर फर्किएको’ रूपमा व्याख्या गर्दै यस घटनाले चुनावी अभियानमा मनोवैज्ञानिक लाभ पुग्ने अपेक्षा गरेको छ।

रास्वपाकी उपसभापति तारा शाही कांग्रेसमा फिर्ता ”

मतदाताको विश्वास खोज्दै जुम्ला कांग्रेस

रास्वपाकी उपसभापति तारा शाही कांग्रेसमा फिर्ता ”

पब्लिक स्पिच बाँकेको चौथो शृंखलाः अडिसनबाट १०

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds