घुयँत्राे:घण्टी कर्णालीमा बज्यो, तर टिकट चितवनमै झुन्डियो !

देशका अरु राजनीतिक दलले कर्णालिलाई जसरि साैतेनि व्यवहार गर्थे र हेप्थे,पेल्थेे, चेप्थे अनि राज्यश्राेत बाँडफाड वा दिईने ।राज्यले दिने सेवासुविधाँ पर्गेल्थे । आखिर नयाँ पाटि भनाउँदाे राष्ट्रिय स्वतन्त्र पाटिले नि व्यवहार त त्यस्तै गर्याे भन्नि सुनियाे त कुराे के हाे ? ! के के नै पाटिकाे कमाण्डिङनै सुर्खेतले गर्छ भनेझैँ गरि नखाई नलाई पाटिकै काममा कुद्या कुद्यै गर्थे घण्टीका साथीहरु तर,चुनाबका बेलाँ २ जना भन्दा बढिलाई पाटि अध्यक्षले नपत्याएछि बिचरा ती रात दिन कुदि रहने र माननीय हुन्छम् भन्ने आशलाएर गफदिने साथिहरु के भनेर चित्त बुझाउने हाेलान !

हुनत प्रत्यक्षतर्फ त टिकट दिननि बाँकिनै छ क्यारे निर्वाचन आयाेगकाे समानुपातिकतर्फकाे म्याद सक्केनि रबिजीले समानुपातिककाे हेरफेर गर्छु भन्नू भाछ अरुका लागि म्याद सक्केनि घण्टीका लागि नसकिने रैछ भने आशा गराैँ अरु दुई चाराेटा साथीहरकाे चाँदाे बल्किन्छ कि त ! हैन चुनाब क्षेत्र हेरफेर गरेनन भनेत उमेदवार हुन पाउने दुईटैले त हाेला त सुर्खेताँ दुईटैछन क्यारे चुनाब क्षेत्र । अरु जिल्लाकाे तुलनाँ घण्टी जन्मिदैदेखि पाटि संगठन भा काे र मतदाताकाे तुलना अग्रपंक्तिमै पर्ने पाटिकाे सदस्य संख्या र गतिविधि चहलपहलकाे हिसाबाँ गिनेचुन्या जिल्लाँ आउने सुर्खेताँ नि जम्मा २ जनाले मात्रै माननीय बन्ने अबसर पा हुन भनेत घण्टी घण्टी भनेर खानपिन व्यापार ब्यवसाय छाेडेर रात दिन घण्टिकै पछि लाएर हिँडनुनि बेकार रैछ । अध्यक्षले चुनाब जित्या जिल्लाँ बीसबीस जना माननीय त समानुपातिकैमा भएछन अनि प्रत्यक्षाँ त फेरि कति हाे कति ! किन हाेईच राे त्यति धेरै मनन्छ्या नाम हालेर अध्यक्ष विवादाँ आकाे हुन त नारायणी नदियाँ नयाँ पुल बन्दै छ क्यारे तिन्लाई त्यैँ काम लाउने हाे कि के हाे ? एक्लै रेणुले पुल बनाएर नजा मनजति सब्बै जित्ने भईन घण्टी बज्न गाह्राे हुन्छ कि भनेर त हाेला पाटिकाे शक्ति जति चितवनमै खन्या । तर क्यै छैन साथी हाे भख्खर त पुरानाे पाटि छाेडेर आउनु भाछ जाँजाँट जाे जाे आउनुभाछ चिन्ता नगर्नाेस पैले प्रदेश चाईन्न भन्नू हुन्थ्याे ऐले प्रदेश नचाइने कुरा घण्टी ले कतै बाेल्या सुनिन्न त्यसैले आधा जनशक्ति त्यतानि खपत हाेलान ।

अनि प्रधानमन्त्री नै तपाईं रास्वपाहरु हुने भएछि अरु नियुक्त दिने सस्ता हाङा छँदैछन त्यता हालेनि भाे ! नभए जसरि भएनि नयाँ काम गर्ने ताे पुराना दलले गरेपाे जनताले सत्ताेसराप गर्नेहुन नयाँले गर्दा त केई हुन्न झन हाईहाई हुन्छ । त्यसैले याैटा “उप प्रदेश” भन्ने प्राव्धान ल्याएर प्रदेशाँ जत्ति मान्छे अटाउन सकिन्छ त्यत्तिनै उपप्रदेशाँ हाल्दिम टण्टै साफ । जसरि भएनि आफ्ना कार्यकर्ता लाई राेजगारी दिने त हाे । भन्न पनित सजिलाे छ त ! हामी घण्टी मात्रै हुँदा हाम्ले त यस्ता कुरा साेचेकै थेनम । अब चुनाउका बेलाँ घण्टियाँ लाैराे र विजुलिकाे बल्व झुन्डिएछि पदपनि त झुन्डिनु पर्याे हैन र अब त कार्यकर्ता नि याैटा जिल्लाँ तिन्तिनाेटा जाेडिएछि तिन्टाले एकुन्टा सिट लेनि ३ जना समानुपातिक त त्यसै बढेनि हैन र ? त्यसैले याे पटक सदनाँ रास्वपा बाहेक अरुलाई खुट्टा टेक्ने ठाउँनि हुन्नकि क्या ? रत्याैलि नाँच्ने देखिलेर भजनगाउने , अनि दाेहारिदेखि डिस्काे नाच्नेसम्मका कलाकारले सदनाँ कलाकारिता देखाउने भएछि हामी हेर्नेका लागि त हुनसम्म हुने भाे नि ! ५ बर्षसम्म सदनाँ तिनरका भाँतिभाँतिका चटक देख्ने अबसर पाईम भनेत हाम्ले हाल्मलाईनि भाग्यमानि मान्नु पर्छ हैन र घण्टी साथीहरु । सबका तमासा हेरियाे अब तपाईँहरका तमाशा हेर्न बाँकिथ्याे याे चाेटि फागुन एक्काईसाँ पेट अघाउन्जेल हेर्न पाईने भाे त्यसका लागि याे अंग्रेजी बर्षकाे शुभकामना सहित शुभकामना ।अस्तु !

घुयँत्राे:घण्टी कर्णालीमा बज्यो, तर टिकट चितवनमै झुन्डियो !

बर्दियामा चितुवाको आक्रमण जारी, बारबर्दियामा दुई जना

घुयँत्राे:घण्टी कर्णालीमा बज्यो, तर टिकट चितवनमै झुन्डियो !

स्याउ बिमा: इन्स्योरेन्स टोली बगैंचामा

Leave a comment

Your email address will not be published. Required fields are marked *