कृष्ण बोर्डिङकाे प्रथम फाउन्डर कपकाे उद्घाटन

दुर्गा विसि
सल्यान ,१३ पुस।
सल्यान पश्चिम स्थित कृष्ण बोर्डिङ स्कुल देवस्थले आज देखि प्रथम फाउण्डर कप खेलकुद प्रतियोगिताको आज उद्घाटन भएको छ ।कृष्ण बोर्डिङ स्कुलकाे याे राम्रो कदम भएको वडा अध्यक्ष थुम विसिकाे भनाइ रहेको छ ।पढाइसँगै खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्ने कुरा राम्रो भएको जनाएको छ ।आजबाट विद्यालयका आन्तरिक खेलका विभिन्न इभिन्टहरुमा खेल सञ्चालन हुने जनाएको छ ।
खेल ३ दिनसम्म चल्ने वताएकाे छ ।आजबाट उद्घाटन भएको प्रथम फाउन्डर कप पौष १५ गते समापन हुने जनाएको छ ।साे विद्यालयका संस्थापक दिपेन्द्र विष्टले यसलाई व्यवस्थित गर्दै लैजाने जनाउनु भयो ।पहिलो पटक विविध कारणले विद्यालय भित्रकाे अान्तरिक प्रतिस्पर्धाबाट खेलहरु खेलाइनेछ ।आगामी दिनमा यसलाई विशेष रुपमा परिमार्जन गरेर वाह्य विद्यालहरुकाे समेत उपस्थिति हुने गरि लैजाने उदेश्य रहेको भनाइ जनाएको छ ।त्यसै गरि विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश वहादुर वुढाथाेकिले विद्यालयकाे उक्त कदम प्रती प्रसंसा गर्नु भएको थियोे ।संस्थापक विद्यालय मध्ये पहिलो विद्यालयकाे याे कदम प्रती उद्घाटन सत्रमा उपस्थित अभिभावकहरुले उच्च प्रसंसा गरेका थिए ।






