दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति

दार्चुला, ११ भदौं । 

यहाँको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इञ्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । पालिकाले कुल खर्चको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरुप विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ । वि.सं. २०७९ मा नरेन्द्रबहादुर सिंह बडाल अध्यक्षमा निर्वाचित भएपछि सुरु गरिएको यो कार्यक्रम २०८० सालदेखि नियमित रूपमा सञ्चालनमा छ ।

हालसम्म दुहुँका आठ जनाले एमबिबीएस, बीइ सिभिल र बीइ कम्प्युटर इञ्जिनियरिङमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् । छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययन सकिएपछि कम्तीमा एक वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाबाट प्राप्त छात्रवृत्तिले छोरालाई पढाउन निकै सहज भएको अभिभावक भगवती बडालले बताए । छोरा भुपेन्द्रको इञ्जिनियरिङ पुरा गर्न कुल आठ लाख ५० हजार लाग्नेमा गाउँपालिकाले रु चार लाख २५ हजार छात्रवृत्तिस्वरुप दिने भएपछि पढाइमा सहज भएको उनको भनाई छ ।

शिक्षा क्षेत्रमा थप लगानी गर्दै गाउँपालिकाले कक्षा १० सम्म पूर्ण रूपमा निःशुल्क गरेको छ । दुहँ गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय अनाथालय सञ्चालन गरेर गाँस, बाँस, कपाससहित पढाइको सुविधा दिएको छ । ‘टुहुरा बालबालिका, सहारा गाउँपालिका’ कार्यक्रममार्फत १२ छात्र र तीन छात्रालाई आवासीय अनाथालय विद्यालयमा पढाइरहेको गाउँपालिकाले जनाएको छ ।

दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति

सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’ 

Leave a comment

Your email address will not be published. Required fields are marked *