व्यक्तित्व चर्चा : ‘जुम्ला उर्बर भूमि हो भन्छन रन्नलाल वुढा’

लेखक : पृथ्वी बहादुर सिंह

औल साहु भैँसीका घिउले जुम्ली साहु नुनले ।
बस्ती बस्न औलजाऊ भने दुखपाउछ जिउले ।।
लैयाउ भन्देऊ तिल काइयो कोर नन्दौ केश ।
जन्म भुमि छोडिकन आयौं औल परदेश ।

वुवा दलु वुढा आमा धौलु वुढाका तीन भाई दुई बहिनी मध्ये जेठा छोराको रुपमा जुम्ला जिल्ला सिंजा गा.वि.स. लुम हाल कनकासुन्दरी गा.पा. वडा नं.२ मा २००४ भाद्र १५ गते रन्नमल वुढा जन्मेका थिए । सानो हुँदा भेडाबाख्रा गाई भैँसी घोडा गुवाला जाने घाँसपात गर्ने वालकदेखी जवानी साथ साथै खेतीपाती मा श्रम बगाएका थिए ।

त्यो समय गाउँमा बिद्यालय नहँुदा पढने भन्ने जानकारी नै पाएनन । परिवार लालनपालनदेखी लगाउने कपडा भेडाबाख्रा घोडा रौंबाट कम्ला लिऊ राडी पाखी, स्वीट, कोट टोपी कपडा लगाउने दोचा (दोचा) आफु आफनो परिवार पोशाक लगाउने अन्य मानिसहरुसम्म विक्रि गरेर जीवन चलाएका हुन ।

१६ वर्ष युवा उमेरमा कालो शिल्तो ढडालो मस्टो देवता शरिरमा अवतार हुन गएको हो । हेराई कोरोई गर्ने आउने मान्छे धामी बस्दै लागो दोखालो भूतप्रेत ग्रहदशा लागेको खुट्टाउने अहिलेसम्म गर्दै आएका छन् । हिमा नदी वरिपरी खेत लेक पाखोवारीमा अन्न उत्पादन गर्दै परिवार लालनपालन गर्ने गरेका हुन । पछिल्लो समय त्यो पाखो जग्गामा २ वटा स्याउ फार्म पनि बनाएका थिए ।

जवानीमा भेडा घोडा लिएर तिब्वतको ताउला खार दुई पटक भोटे नुन र पाँच पटक भोटेनुन चेप्टो तिब्बत ल्याउन गएका थिए । दक्षिण नेपालको भारत नेपाल सिमानामा अंग्रेजले रेलबाट समुन्द्री नुन ल्याउन थालेपछी भेडावाख्रा घोडा औला हाल सुर्खेत लामीडाँडामा गोठराखी नुन ल्याउने भेरीका विभिन्न गाउँ बस्ती अन्न रुपैयाँमा विक्री गर्न साथ साथै सुहटर रु ५ टोपी रु ६ काम्लो रु ४० भेडावादे रु ६ मा पनि विक्री गरेका थिए । त्यो समय कम्पनी रुपैया“ भेडा घोडा खसीलाई लुकाल भरी बोकाएर जुम्ला घर लिन्थे । २ पटक भारतको नैनिताल तिर पनि उनी कपडा बेच्न गएका थिए ।

कनकासुन्दरी दुई गोठयालवाराका ससुरा अतिभले बुढा सासु छमका वुढा कि चार वहिनी छोरी मध्ये कान्छी २००४ कार्तिक १० गते चैती बुढासंग वुवाले गर्भमा नै छोरी जन्मेपछी १५ वर्ष उमेर भएपछी मागी विवाह गरी दिउला भन्ने बचनले १५ वर्षको उमेरमा विवाह गरेको हुन ।

सुर्खेत उपत्यका औला उन्मुलन हुँदै गई जिल्ला सदरमुकाम म.प. क्षेत्रीय राजधानी हु“दा जहाज चल्न थालेपछी सुर्खेत एरपोर्ट नजिक वी.न.पा.–१२ मा घडेरी लिएर घर बनाएका छन् । थप जमिन वी.न.पा.–२ फलाटे पनि खरिद गरी जेठो छोरा खेतीपाती किराना खाना पसल गरेर बस्ती बसेका छन् ।

कान्छो छोरा इन्जिनियर पासगरी औधोगिक क्षेत्रमा रारा इन्जिनियरिङ वर्कसप उद्योग खोली सञ्चालन गरेका छन् । जेठी छोपिनी, माईली भोटेनी साइली कन्या काईली रुपकन्न कान्छी अस्मीता पाँच बहिनी छोरी सबै विवाह वन्धन बा“धिएर घरवार गरी बसीरहेकि छिन ।

जुम्लाको आफनो घर जमिन एक स्थानको घरमा दलित परिवार अर्को घरमा दाईका छोरा स्याउ फार्म खेतीपाती पशुपालन गरी खाइरहेका छन् । कुनै पनि सम्पत्ती वेचविखन गरेका छैनन । वृद्ध अवस्थामा सबै सुबिधा पाउने भए आफै जन्मथलो जुम्लामा बाँकी जिवन पवताउन मन भै रहन्छ । श्रीमती सहित कान्छो छोरा धनबहादुर साथ दुवै जनाले उडेर आउने चिलगाडी हुँदै वृद्ध जीवन बिताई रहेका छन् ।

रन्नमल भन्छन् कर्णाली नेपालको सबैभन्दा ठुलो भुभागमा फैलिएको जिल्ला जुम्ला हो । माथी अग्ला पाटन तल लिला हिमा नदीले अनेकौ अर्गानिक खेतीपाती गर्ने उत्पादन गर्ने तिला हिम निर्माण गरेका फाँटहरु रहेका छन् । भूमि हजारौ हजार जडीवुटीदेखी फलहरुका फार्म पशुपालन फार्म समेत सुनै सुन फल्ने उर्वर भूमि रहेको छ ।

गोर्खाली एकीकरणमा जुम्ला राज्यमा गोर्खालीले युद्धमा धेरै क्षति बेहोरी जिवय गरेकोले यहाँको विकासदेखी जुम्लीलाई कुनै उच्च पद पोष्टमा शाह राणाकालले सुविधा नदिएर पन्छाई रहे । २०४६ पछिको प्रजातन्त्र २०६४ पछी गणतन्त्र स्थापनापछि पनि राज्यको माथिल्लो निकायमा पहुँच नहुँदा सडक गाउँ गाउँ पुग्न सकेको छैन ।

चेतना अभावले अझै जुम्ला सामान्तवाद आध्यात्मवादले ढपक्कै ढाकेको छ । सुन्दर सुनको भूमिमा भौतिक विकास नहुँदा अझै जुम्ली समुदाय घुम्ती व्यापार गर्न भारत नेपाल शहर गाउँ घुमिरहन्छन । सुविधा पाउन वस्ती सर्नेक्रम यथावत छ । जुम्ली भुमिको आजको भौतिक वैज्ञानिक तरिकाले उत्पादन थला उपयोग गर्ने हो भने आज देश विभिन्न भूभागमा छरिएर गएका जुम्लीले छोडेका गाउ“खर्क पाटन फर्केर सुन फलाउन सक्छन । राज्य लोकतान्त्रीक नेतृत्व त्यतातिर अगाडी पढनु पर्छ भन्ने दुर सन्देश दिएका छन ।

व्यक्तित्व चर्चा : ‘जुम्ला उर्बर भूमि हो भन्छन रन्नलाल वुढा’

व्यक्तित्व चर्चा : १२ वर्षदेखि दुर्गममा रमाएका

व्यक्तित्व चर्चा : ‘जुम्ला उर्बर भूमि हो भन्छन रन्नलाल वुढा’

स्वास्थ्य सेवा घरदैलोमै: नरैनापुर गाउँपालिकाको पहलले वृद्ध,

Leave a comment

Your email address will not be published. Required fields are marked *