घुयँत्राे:“सय दिने जेनजी सरकारः काम शून्य, निर्णय अनन्त!”

जेनजी आन्दोलन पछि बनेकाे सुशिला कार्कीको जेनजी सरकार ( नेपाली जनताकाे हैन भन्ने भनाई ) काे पनि सय दिन बितेछ । सामान्यत सरकार बनेकाे सय दिनसम्म उसलाई काम गर्न दिनु पर्छ त्यसपछि मात्रै उसका काम र गुणदाेषका आधारमा राम्रो नराम्रो सरकार भन्ने राजनीतिक प्रणालीकाे मान्यता हाे । यद्यपि दलहरुकाे बेथिति र भष्टाचारले दिक्क भएका जनताकाेवीच एक्कासि भएकाे आन्दोलन र त्यसपछि बनेकाे गैर दलिय सरकारका कारण जनता उत्साहित थिए ।
त्यसमा पनि न्याय क्षेत्रकाे उच्च पद सम्हालेर सफलतापूर्वक निवृत भएकि पहिलाे महिला प्रधानमन्त्री बनेकि सुशिलाबाट आन्दोलनकारी स्वयं र जनतासमेत अब देशमा केही हुन्छ भन्नेमा थिए । आफ्नै सरकार भएकाले आन्दोलनमा उठाएका भष्टाचारीलाई कार्वाहि, अमिल्दा कानुनकाे खारेजी,स्थानीय देखि केन्द्रीय सरकारसम्ममा देखिएकाे संख्यामा कमि, कर्मचारी प्रशासन, न्यायालय र शिक्षा क्षेत्रमा सुधार र परिवर्तनजस्ता कुराहरुमा सरकारले तत्काल कदम चाल्नेमा सबै आशावादि बनेका थिए ।तर सरकार चलाउँदै जाँदा र मन्त्रीहरु बनाउँदै जाँदादेखि विवादमा फस्न थालेकाे सरकार अन्त माग बमाेजिमका कामकाे शुरुवातै गर्न सकेन । यसले भष्टाचारी कर्मचारी तन्त्र र भष्टाचारमा कार्वाहि गर्ने भनेका नेताहरुमाथि कार्वाहिका कुनै कदम चाल्न नसकेपछि खुच्चिङ भन्दै गिज्याउन थाले ।
सिंहदरबार जलाउने देखि व्यक्तिका घरमा आगजनि गर्ने ,पुलिसका बन्दुक खाेस्ने र सुरक्षा निकायकाे धज्जि उडाउने अनि जेलबाट कैदि भगाउगन मद्दत गर्ने सम्मलाई कार्वाहि नगर्ने भनेर उल्टै मन्त्रीमण्डल स्तरीय निर्य गरेर दलका सरकारकाे भन्दा सर्वाङग् नाङ्गो निर्णय गरेर याे सरकारले जनताकाे पूरै विश्वास गुमाएकाेछ । याे काम नगरेनि याे काम त गर्याे नि! या याे निर्णय राम्रो गर्याे भन्ने कतैछैन । आन्दोलनमा राखिएका मागलाई पूरा गर्दै जानू पर्ने ठाउँमा ती मागलाई पन्छाएर खालि चुनाकाे पछि लागेर तिनै दलका भष्टाचारी नेताहरुलाई शासन सत्ता सुम्पने दाउमा रहेकाे सरकारी रबैयाका कारण जेनजी भित्रकै याैटा समूह सरकार बनेकाे सयदिन पछि शान्ति पूर्ण आन्दोलनकाे घाेषणा गर्दै साेमबारदेखि आन्दोलनमा गएकाेछ । त्यसै त याे सरकारले गराएकाे चुनाबमा भाग नलिने भनेर देशकाे सबभन्दा ठूलाे राजनैतिक दलका अध्यक्ष केपि शर्मा ओलिले भनी रहेकाछन । यस्ताे बेलामा झन आन्दोलनकाे आब्हान भएपछि सरकार झन अस्थिरतातिर धकेलिने निश्चित छ । जनताकाे एकमात्र चाहना भनेकाे पुराना दलका भष्टाचारी र कर्मचारी तन्त्रलाई कार्वाहि हुनु पर्छ भन्ने हाे तर तिनैलाई कार्वाहि गर्छु भनेकाे सरकारले उल्टै तिनै भष्टाचारीलाईनै सत्तासुम्पिन र अँझ भष्टाचारमा मलजल गर्न याे सरकार लागि परेकाे देख्दा जनता सरकारसित क्रुद्ध बन्ने वातावरण सृजना भै रहेकाे आभाष भै रहेकाेछ । दलहरुले आगामी चुनाबका लागि उमेदवार चयन गरेका अनुहार हेर्दा नयाँ उमेदवार कतै नदेखिएका र उल्टै तिनै पुराना भष्टाचारीहरुलाईनै मत दिन बाध्य हुनु पर्ने स्थिति देख्दा जनता चुनाबकाे पक्षमा छैनन । त्यसैले याे सरकारझन दलहरुका सरकार भन्दापनि निकम्मा देखिएकाेछ ।
अपराध गर्ने अपराधिलाई तैले गरेकाे अपराधकाे दण्ड तँ निस्कलंकित र निरअपराधि हाेस भनेर सर्टिफिकेट दिने सरकार पनि कहिँ जनताकाे हाेला ? त्यसैले याे सरकारलाई विश्वास गर्ने काम कहिँ कतै नदेखियकाले याे सरकार जेनजीकाे हाे, विध्वंसकारीकाे हाे, लुटेराहरुकाे हाे, अपराधिहरुकाे हाे , भष्टाचारी र दलालहरुकाे हाे भन्न जनता बाध्यछन ।






