२०८३ आश्विन १८ गते
×

Now Playing

नेपाल संवाद क्लबको अध्यक्षमा विश्वकर्मा

सुर्खेत, ७ पुस ।

नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा भएको छ । शनिबार वरिष्ठ पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट १५ सदस्यीय समिति घोषणा भएको हो । नवगठित कार्यसमितिको अध्यक्षमा गोविन्द विश्वकर्मा चयन भएका छन् । त्

यस्तै, बरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक चयन भएका छन् । समितिको महासचिव सञ्जीवकुमार बिसी, सचिवमा यादव पौडेल, उपसचिवमा डिलु सुनार र कोषाध्यक्षमा विवेक स्वर्णकार चयन भएका छन् ।

सदस्यहरूमा किरण बुढा क्षेत्री, नविन पुरी, शान्ति बिक, जगत सुनार, विपना विश्वकर्मा, रविन्द्र तिवारी, भरत सुनार र अजय बिक छन् । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले कर्णाली प्रदेशमा संवाद, पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने प्रतिबद्धता गरे ।

उनले संगठनलाई प्रदेशभर विस्तार गर्दै पत्रकारहरूको क्षमता विकासमा काम गर्ने बताए । प्रमुख अतिथि रहेका पत्रकार ऋषि धमलाले कर्णाली प्रदेशमा पत्रकारिता र सञ्चारको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नेपाल संवाद क्लबले कर्णालीको आवाजलाई राष्ट्रिय स्तरमा पुर्‍याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउँदै युवा पत्रकारहरूलाई संगठित बनाउनु आजको आवश्यकता औल्याए ।

नेपाल संवाद क्लबको अध्यक्षमा विश्वकर्मा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित 

नेपाल संवाद क्लबको अध्यक्षमा विश्वकर्मा

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *