घुयँत्राे: “कर्णालीमा खेलकुद होइन, भागबण्डा कप सुरु”

यी खेलकुदवालाहरकाे खेलाे केहाे के ! संघकाे खेलकुद मन्त्री आफ्नाे सदस्यसचिवकाे अगाडि पर्नै सक्दैनन । अनि १० आैँ खेलकुदकाे आयाेजना गर्छम् भन्ने कर्नालीकाे खेलकुद ,खेलकुद सदस्यसचिव नियुक्ति गर्नै सक्दैन । सत्ताका भागबण्डावालाहरु कैले लाेकसेवा अध्यक्षाँ टाङ अड्याउँछन अनि कैले सदस्य सचिवमाटाङ अड्याउँछन । एकले अर्कालाई दाेष देर सँधैजसाे समाचारमा हेडिङ बन्ने कर्नालिका सरकार सन्चालकहरुकाे हैकमवादी प्रवृत्तिले जनतालाई दिक्क बनाछ । राष्ट्रिय खेलकुद आयाेजना गर्छम् भन्न ला समय गाकाेनि अब त आैंलैमा गन्न पुर्याउने अबस्थाँ छैन । कर्नालिका दलहरकाे झगडा देखेर त हाेला गाेडाएक मैना अघि प्रधानमन्त्री आँफैले मुख फाेरेर राष्ट्रिय खेलकुद गर्नु पर्याे भनेर मन्त्रीकाे कानाँ समेत पुर्याए ।

मन्त्रीले नि अब त केई गर्छकि भन्ने आशले कर्नालिका मान्छे मन्त्रीतिरै आश लाएर बसे तर मन्त्री भने खेलकुद गराउनलाई हाेईनकि जिल्ला घुम्नलाई कर्नालियाँ गएर एमाले नेता ,कार्यकर्ता र सरकार भेटेर आए । मन्त्रीलाई भेटने र मन्त्रीले भेट्याजति सबले १० आैँ राष्ट्रिय खेलकुद गर्नै पर्ने जाहेर गरे तर मन्त्री भने खेलकुद कैले गर्ने भनेर भन्नै सक्दैनन । उनलाई समस्या भन्या माओवादिकाे सदस्यसचिव र सदस्यसचिवले मन्त्री नटेर्ने प्रवृत्तिले गर्दा हाेला । के त्यसाे भए यीनै दुई जनाकाे खेलले गर्दा कर्नालियाँ खेलकुदै गर्न नपाईने हाे त ! केन्द्रमा मन्त्री र सदस्यसचिवकाे टकराव अनि प्रदेशमा सरकार चलाउने दल काँग्रेस एमालेकाे टकरावले खेलकुद हुन नपाउने हाे भनेत षीनिहरकाे सरकार चलाई त हरिविजागै रैछ भन्ने पाे बुझ्नु पर्ने भाेत ! आउने मंशिरमा खेलकुद गर्ने भन्ने कर्नालिकाे आवाज बाेके र राजधानी आका मन्त्री अनेकौं बहाजा बनाउँदै तर्किने अनि खेलकुद गराउने कर्नालिकाे सरकार भागबन्डा नमिलेर खेलकुद गराउने मुख्यमान्छे सदस्य सचिवनै नियुक्ति गर्न नसक्ने हुन भने मंशिराँ कसरी खेलकुद गराउन सकिन्छ ।

यदि कर्नालिका दलवालाहरले सदस्यसचिवकाे लडाइँले खेलकुद गरा हुनभने खेलकाे आयाेजनादगर्न अन्य प्रदेश वा संघले आँफै हस्तछेप गरेर खेलकुद गराएनि हुन्छ त ! यसरी सरकार अनिर्णयको बन्द बनेर खेलकुद क्षेत्रलाई तहस नहस गर्न मिल्छ र ? यदि अब पनि मुकदर्शक बन्ने, खेल जगतलाई निरुत्साहित गर्ने अबस्था कायमै रहने हाे भने याे १० आैँ राष्ट्रिय खेलकुद ८४काे चुनाबकाे निहुमा अडकिन सक्छ र फागुनसम्ममा पनि गरियन भने खेल सरेर ८५/८६ सम्मपनि पुग्न सक्छ र खेलकुद क्षेत्र भताभिङ्ग हुन सक्छ । खेलकुद क्षेत्रलाई विग्रन नदिन पनि खेलकाे आयाेजना हुनै पर्छ भलै केन्द्रीय सरकारले नै गर्नु पर्छ भने पनि सरकार तयार हुनु पर्दछ । के साँच्चिकै प्रधानमन्त्रीले खेलकुद लाई हस्तछेप गरेर भएनि १० आैँ खेलकुदकाे आयोजना गरि खेलकुदलाई अगाडि बढाउलान ? ऐले सबैकाे ध्यान प्रधानमन्त्रीतिरै केन्द्रित भएकाेछ ।

घुयँत्राे: “कर्णालीमा खेलकुद होइन, भागबण्डा कप सुरु”

घुयँत्राे ” बिरसिक्का”

घुयँत्राे: “कर्णालीमा खेलकुद होइन, भागबण्डा कप सुरु”

सम्पादकीय : समृद्ध कर्णाली निर्माणमा जुटौं

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds