घुयँत्राे ” बिरसिक्का”

हैन ! उपेन्दर यादबज्यु बाले त जाल हान्ने सुर गरेत हँ । अब अदालतल्यै गृहमन्त्रीलाई गाैर हत्याकाण्डका नायकहरलाई कार्वाहि गर् भनेर आदेश पठाएछि अब तपाईं बा काे शरणाँ नगै भाे ! हैन याे भदाैकाे मैनाँ त बालाई परिपरि आउने भाे के । भूमि ऐन कसरी पास गरम् भनेर छट्पटी भै रा बेलाँ , कताट गाैर हत्याकाण्ड उब्जेछि अब भूमि ऐन पास गर्न तल्लाे सदनाँत आफ्नै दुई तिहाइकाे हाराहारीयाँ मत छँदैछ त्यस्ताे ऐन पास नहुने कुरै भएन तर माथिल्लो सदनाँ थाेडाबहुतले संख्या नपुग्ने भै रा बेलाँ अदालतले राैतहट काण्डाँ कार्वाहि गर् भनेर सरकारलाई आदेश गरेछि माैका पर्याँ बेलाँ बाले उपेन्दरलाई धर्नासाे नहानेर छाेडलान थाेडि । यादबजी १८ बर्ष अघिकाे दङ्गाफसादाँ मुछ्छिएर जेलजान भन्दात बरु बाकाे शरणाँ गएर भूमि ऐन मात्रै हैन प्रधानमन्त्री ज्यु हजुरले चाहे म तपाईंकै पाटियाँ आईदिननि तयारछु तर मलाई उपप्रधानमन्त्री र वनमन्त्री चाईयाे भनेर माग्नु न अब हुने मन्त्री भन्या त ८४ काे चुनाब गराउने मन्त्री पनि त हाेलत ! एक त तराई त्यसाँनि मन्त्री भएर चुनाब गराउन पाईने भएछि ” के खाेज्छस …… आँखा” भन्याजस्ताे भएनत ! वन र उप चलाउन पाएछि जनता सनता भाँडमे जाय हैन र? त्यसै त तराइका जनतालाई विकास सिकास केई चाईन्न बस खेति गर्ने बेलाँ मल किन्न पाइए पुग्याे ।अघिपछि ती जनतालाई जति दायनि हुन्छ । त्यै भएर त तराईमा भष्टाचारकाे खाेलाे जति बगाएनि भाे । तराईमा गर्ने भष्टाचार जतिकाे संख्यामा विकास हुने भएत आजसम्मत तराई त विकासले लटरम्ममै फलि सक्नेथ्याे आँप फल्याझैँ। केइ छैन जनता गरिव भएनि नेता गरिब भाछैनन् ।

अघिपछि कैल्यै माैका नपरेनि बेलाबेलाँ यस्तै अबसर आएछि कित गमक्कै पैशा लिने कि पद लिने गरेछि नेताकाे कमाई जताटनि भै हाल्छ । माैका यै हाे यादबजी जसरि बाले भूमि ऐन ल्याएर पूर्वीनेपालका सरकारी र सार्वजनिक जग्गाजति स्याम्म आफ्नो र आफ्ना कार्यकर्ता नाममा बनाएर अर्बपति बन्ने, बनाउने ,साेच बनाउनु भा छ त्यसैगरि तपाइँले पनि माथिल्लो सदनाँ तालि नपिटदे त्याे ऐन पास हुन्न क्यारे ! अनि त तपाईंलाई पनि त याे सुनाैलै अबसर हाे नि, मन फुकाएरै माग्दिनुस न तपाईंको डिमाण्ड सुनेर बा पनि एकचाेटि रन्थनिउन । याे पटक बाकाे भूमि ऐन ल्याउने उत्कट चाहनाँ तपाईं अबरोध बन्दिनु हुन्न भन्ने कुराँ बा ढुक्कै हुनुहुन्छ । अदालतले जब १८ बर्ष अघिकाे मुध्दा पल्टाएर हेर् भन्दा बाकाे अनुहाराँ झल्लि तपाईंको अनुहार आएछि बा पनि के गरुनतनि मर्ता क्यानहि कर्ता भन्याझैँ अप्ठ्याराँ आँफुपरेछि उनलेनि अप्ठ्यारैमा पर्या मान्छेलाई त हेर्ने हुन । त्यसैले हाम्राे गाउँघराँ याैटा उखानछनि ” काले काले मिलेर खाउँ भाले” हाे त्यै उखानजस्तै गरि अब उपेन्दर यादब र केपि शर्मा ओलि मिलेर आआफ्ना स्वार्थ पूरा गरे भैगाेनि । याे भष्टाचारकाे दलदलाँ फसेर कंगाल भै सक्या देशलाई उमाे लाउन सकिने हैन ! त्याे भन्दात बरु आँफै उँभाे लाग्ने जुक्ति निकाले भैगाेनि ! न बाका जनता आएर किन यस्ताे गरिस् भन्छन न यादबका जन्ता आएर । जन्ता त विचरा गणतन्त्रका नाममा मुखथुनेर बस्या बिसाै बर्ष भै सक्याेनि ।

जनताले चाहेकाे जस्ताे हुने भएत खै त ऐलेसम्म याे देशाँ कति पाटिले ाज गरि सके कैल्यै जनताले भन्याझैँ भएनत ! त्यसैले अब जनतालागि हैनकि आफ्नै लागि गर । जनता त नेतादेखि हुक्क दिक्क भै सके । कुनै प्रदेशका नेता हेरेर चित्त बुझाउने बाटाे छैन । एकसे एक भष्टाचारी, माफिया र बिचाैलिया छन । जनताले यस्तालाई कसरी नेता मान्छन ।

घुयँत्राे ” बिरसिक्का”

घुयँत्राे : “बाको भदौँ: विधान संशाेधनदेखि मोदी

घुयँत्राे ” बिरसिक्का”

घुयँत्राे: “कर्णालीमा खेलकुद होइन, भागबण्डा कप सुरु”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds