घुयँत्राे : “बाको भदौँ: विधान संशाेधनदेखि मोदी निम्तो सम्म, सफलता नै सफलता “

याे मैनाँ त बाका हाताँ लड्डु नै लड्डु हुने भए त हँ । प्रधानमन्त्री भएछि भारतले देश दर्शन गर्न बाेलायन भनेर रातदिन घिड घिडाे पालेर बसेका बालाई एक्कासि भार्तीय विदेश सचिब विक्रम मिश्री आएर बालुवाटारकाे साेफाँ बसी उपरखुट्टि लाएर माेदिकाे निम्ताेकाे सुपारी दिँदै ” यै आउने एक्तिसाँ भारत घुम्न आउनका लागि माेदिकाे निम्ताछ” भनेछि ऐले बा चङ्गा भाछन । आजदेखि बालाई ओछ्यानाँ पल्टिने बित्तिकै निन्द्रा पर्न थाल्याछ ।
प्रधानमन्त्री भाकाे २/४ दिनमै माेदिलाई भेटन उडेर जाम्कि गुडेर जाम् भन्ने भा का प्रधानमन्त्री केपि शर्मा ओलिलाई कैले भारत जाम्ला र माेदिकाे साख्खै बनम्ला भन्ने भै रा बेलाँ याे एक बर्षदेखिकाे ईन्तजार कम्ता कष्टपूर्ण भाे त ! त्याे कुरा त बिचरा बालाई भन्दा बढ्ता पींडा अरु कस्लाई भा हाेला र ? १ बर्ष देखि झर्ला र खाम्ला भनेर कुर्दा कुर्दै र दक्षिण फर्केर हेर्दा हेर्दै कम्ता पाट्टिया हाेलान त आँखा! यति सम्मकि अब माेदिले बाेलाउन्नन, आँफुले प्रधानमन्त्री अर्कालाई बुझाउने बेलासम्म भारतै जान नपाएनि कमसेकम चीनकाे भ्रमण त अघाउन्जेल गरम न भनेर फेरि याे पटकनि चिनै जाने कार्यक्रम बना बेलाँ भारतीय प्रधानमन्त्री नरेन्द्र माेदिले नेपाली प्रधानमन्त्री ओलिलाई भेटने निम्ताे गरेछि याे भदाै मैनाभरि त बा यति विजि र यति खुशीकि कुरै नगरम । एकातिर पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पाटियाँ छिर्नै नदेर पाटिकाे विधान संसाेधन, अनि बिधानबाट आँफुविधिबत जीवनभर पाटि अध्यक्ष ,अनि पाटि अध्यक्ष भएछि प्रधानमन्त्रीकाे एकलाैटि हकदार , अनि पाटिमा रहेका बिराेधिजतिलाई तडिपार ,यी सम्पूर्ण खुशीहरुका साथ चीन भ्रमण ,चीनका राष्ट्रपतिबाट पाउने भरपुर आश्वासन,यावत अनेकाैँ खुसीले बालाई लट्ठ्याई रहेका बेलाँ माेदिकाे निम्तो पछि फेरि भारत भ्रमणकाे तयारीले बाका दुबै हाताँ यसरी लड्डु बर्षिने छन कि बाका हाताट खस्या लड्डुहरु खाेसाखाेस गर्न झाेलेहरु लुछाचुँडिमा लागेकाे दृष्यले बा हर्ष विभाेर मात्रै नभएर आँफुले उत्पादन गरेकाे थ्याैरी कार्लमार्क्सकाे सरप्लसकाे थ्याैरी भन्दानि बाकाे उत्पादित ” झाेले” थ्याैरीले तहल्का मच्चाउने छ र बा यसमै गाैरवान्वित हुनेछु झैँ गरेर मस्किँदैछन। अरु जे सुकैहाेस चाहे देशभाँडमा जाओस वा भष्टाचारमा डुबाेस बा प्रधानमन्त्री भाकाे याे १४ मैनाकाे अबधियाँ बाका लागि याे भदाै मैना जत्तिकाे मालदार र हर्षाेल्लासकाे मैना कुनै देखिएन । कैले काईँत विधाताले यस्तरी जुराएर ल्याउँदाे रैछ कि जसरि याे मैना बाका लागि जुराएकाेछ । अब बाले भगवान भक्कल्न र भगवानसित माग्न केही बाँकि छैन । संसदका सारा सांसद एकमुखले कुलिङपिरियड राख्न तयार भएपनि बाकाे ईच्छा अनुसार निसेनिबाट कुलिङ्पिरियड हटाउन सचिवहरुजसरि सफल भए , त्यहाँदेखिनै बाकाे खाँडाे जाग्दै गाकाे देख्खियाे ।
एकपछि अनेक सफल्ता हात लाग्या बाकाे भदाैरे मैनाँलाई सफलगराउने घटना भन्नू पर्दा शिक्षा ऐन आउन नदिईनु, विद्यालाई पाटि सदस्यता नदिईनु, बिधानमा ७० बर्षे हद हटाईनु , अध्यक्षभै रहन कुनै राेक नराखिनु अर्थात बाले चाहेसम्म जतिपटकनि अध्यक्ष बन्न पाईनु । अनि चीन भ्रमणकाे निम्ताे आउनु , त्यसपछि साेच्दै नसाेचेकाे भारत भ्रमणकाे निम्ताे , ह्याँभन्दा बढता लटरम्मै फलेर के आउँछ र । यी सबै कुरा परिपरि आकाे बेलाँ अब अन्तिम घिडघिडाे भूमि सम्बन्धि ऐन ल्याएर सरकारी र सार्वजनिक जग्गाजति आफुलाई र कार्यकर्तालाई बाँडन यै बलराम अधिकारी भूमि मन्त्री काे जिम्मा लाउन पाएछि बाकाे याे अबधिकाे प्रधानमन्त्रीय कार्यकाल पूर्णरुपमा सफल हुन्थ्याे हेरम् त्याे पनि कस्साे नहाेला र ? बाेलाउँदै बाेलाउन्नन भनेर अडकल काट्या भारतिय प्रधानमन्त्री माेदिले त बाेलाए भने ,त्याे जैरे भूमि ऐन पास नहुने त कुरै भएन काँग्रेसीहरु सदनाँ त्यस्सै घाेप्टाे मुन्टाे लाएर तालि ठाेक्छन नभए बाले देउबालाई प्रधानमन्त्री दिन्न भनेछि अनि काँग्रेसीहरु नाककाे चालले बाकाे गाेडा मुन्टाँनपरि सुखैछैन हैन र ! “भगवान जबभी देता हैताे छप्पर फाँडके ” भन्या यस्तै त हाेला केरे हैन र ? ! याे भदाैका मैनाँ त बाले ढुंगै छाेएनि सुन बन्ने भाे के ! चाँदाँ लेखेर आएछि कस्काे के लाग्छ के ! एतिभएछि बाकाे जयजय कार नगरि भाे त !





