दाङमा जापानिज इन्सेफ्लाइटिस (जेई)का कारण एक जनाको मृत्यु 

दाङ,४ भदौ।
दाङमा जापानिज इन्सेफ्लाइटिस (जेई)का कारण एक जनाको मृत्यु भएको छ भने थप तीन जनामा संक्रमण पुष्टि भएको छ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले दिनुभएको जानकारी अनुसार राप्ती गाउँपालिका–१ पाखापानीका का ६० वर्षीय श्याम प्रसाद बोहराको जापानिज इन्सेफ्लाइटिस (जेई)का कारण निधन भएको हो । गत साउन १८ गते बिरामी भई बुटवलस्थित अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
यो चालु आर्थिक वर्षमा दाङ जिल्लामा जेईका कारण मृत्यु भएको यो पहिलो घटना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल पर्सन कमल चन्दले बताउनुभयो ।
उहाँका अनुसार राप्ती गाउँपालिका वडा नम्बर ६ का ११ वर्षीय बालक, गढवा गाउँपालिका–६ का ३६ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–१२ की २६ वर्षीय महिलामा समेत जेई संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये राप्ती गाउँपालिका–६ का बालकको राप्ती आधारभूत अस्पताल कालापानीमा उपचार भइरहेको छ भने अन्य दुई जना जिल्ला बाहिरका अस्पतालमा उपचाररत छन् ।

दाङमा जापानिज इन्सेफ्लाइटिस (जेई)का कारण एक जनाको मृत्यु 

श्री कनकमुनी माविमा शिक्षक बिदाइ : ”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds