२०८३ आश्विन १८ गते
×

Now Playing

मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’ 

नेपालगञ्ज, ४ पुस ।

बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ ।  जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

उनले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको र सबैभन्दा कम कोहलपुर नगरपालिकाको रहेको उल्लेख गर्दै नाम दर्ताको रेकर्ड जिल्लामा नभएकाले दर्तामा दोहोरोपना देखिएको बताउनुभयो । “हामीले दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ । हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको बताउनुभयो । मतदाता नामावलीको दोहोरो नाम हटाउने काम पुस ५ गतेसम्म जारी रहने छ”, शाहीले भने ।

त्यसैबीच बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसङ्ख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराएअनुसार जिल्लामा केन्द्र थप हुनसक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिए । उनले भने, “यसमा केही तलमाथि हुन सक्छ, तर अन्तिम निर्णय १२ गतेपछि मात्रै हुन्छ । यससँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्ने छ ।”

यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए । हाल जिल्लामा राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा नयाँ मतदानस्थल थप भएको र चार वटा स्थानान्तरण भएको कार्यालयले जनाएको छ ।

मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’ 

दिगो पर्यटन प्रवर्‌द्धनका लागि खाद्य सुरक्षा तथा

मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’ 

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

Leave a comment

Your email address will not be published. Required fields are marked *