घुयँत्राे :“काँग्रेसको खुला चिडियाखाना : अपराधीदेखि गँजेडीसम्मलाई स्वागत!”

नेपाली काँग्रेसले आँफुलाई अन्य कुनै पनि तरिकाबाट परिवर्तन गर्न नचाहेरै हाेला । ऐले याैटा सूचना जारी गर्दै काँग्रेसकाे सदस्यता लिन चाहने जुनसुकै व्यक्ति ( अपराधि, पुलिस,कर्मचारी ,बाल,बच्चा बृध्द ,गँजेडि, ट्याबे,) कसैलाई नि बर्जित नगरिने बरु छिटछिटाे वडाका काँग्रेसका नेताहरलाई भेटनाेस र सदस्यता लिनाेस भनी रहेकाेछ ।
सायद काँग्रेसलाई लागेकाे हाेला ४० बर्षकाे अबधिसम्म कुनै न कुनैबेला सरकारमा बस्दापनि केही गर्न नसकेछि ऐले अब अरुदलले समयअनुकुल यथाेचित ब्यवहारले जनता आकर्षित गर्न थालेछि अरु कुनै उपाएबाट जनताकाे मन जित्न सक्ने बाटाे नदेखेछि गू गाेवर सबलाई सदस्यता दिएर चुनाबाँ बहुमत ल्याउने सपना देख्या हाेला त्यसकै परिणामस्वरुप खुला गर्या सदस्यताले पाटिलाई चुनाब जिताउन सक्छ सक्दैन था छैन तर सदस्यताकाे टिकटकाे भराँ अपराधी ,माफिया,दलाल र भष्टाचारीलाई चाईँ बचाउन ठूलाे मद्दत गर्नेछ । पाटिभित्र गुठबन्दिकाे आहालमा डुबेका काँग्रेसीहरुले सम्भब त टिकट बाँडने बेला ह्याँनिरनि गुठबन्दिकै खेलखेलेर आफ्ना गुठकालाई सदस्यता दिइयाे गुठ बेगरकालाई सदस्यता दिईएन भनेर फेरि केही दिनपछि सम्चार यीनै सामाजिक सन्जालाँ देख्न पाईनेहाेला देख्न त तर पनि ऐले सूचना गर्दा चाईँ सबैलाई दिने भन्ने सुनियाे । सायद सुर्खेतका पूर्व उपसभापतिकाे सदस्यता नविकरण नगर्देछि रास्वपा पाटियाँ गाकाे सम्चार भाईरल भएर हाेकि देशैभर काँग्रेसका कार्यकर्ता काेहि रास्वपाँ अनि काेहि नयाँ खुल्या पाटियाँ त काेहि तराईका मधेसि पाटिहरुवा लर्काे लाएर जान लाएछि राेक्न सकिन्छ कि भनेर हाेला सदस्यता खुला गर्या तर जनताले सदस्यता पाएनम भनेर हैनकि काँग्रेसीहरुले माैलाउन हाल्या बेथिति,भष्टाचार र दलालिगिरिबाट देशलाई मुक्त गराउन जनताले अरु पाटि राेज्न थाल्या हुन ।याे कुरा काँग्रेसले आजभन्दा ४० बर्ष अघिदेखिनै बुझेर भष्टाचारकाे अन्त्यका लागि लाग्याभा काँग्रेस ऐले यस्ताे निरीह बनेर मुख थुनेर बस्नु पर्ने थियन । जेनजी आन्दोलन पछि सबैतिराट एक्लिएर निरीह बनेकाे काँग्रेस पाटि याैटा बाेर्डमुनि दुईटाछन । यसकाे सवुत प्रमाण त विशेष कि निरन्तर १५ आैँ महाधिवेशन गर्ने कुरामै देख्खि सक्याे । बाहिरबाहिर एक भित्रभित्रै अनेक गर्न किसुनजीकाे चुनाबाँ गरिजाले सिकनयछि त्याे राेग फैलियर झनझन ठूलाे पिलाे बनी सक्याछ । जिल्लाँ जुन पक्षकाे हैकम चल्याछ त्याँ अर्काे गुठलाई उठनै नसक्ने गरि गाड्या गाड्यै छन । त्यसैलेनि ऐले फागुन २१ काे चुनाबका लागिनि एक निर्वाचन क्षेत्रका लागि दुईदुईटा लिस्ट पठाछन भन्ने कुरा सम्चाराँ आका आईछन ।
त्यसैले याे पटककाे जेनजी आन्दोलनले काँग्रेसलाई एक हुन र पुरानाे साेचबाट परिवर्तन भएर ऐलेकाे समय,प्रविधिकाे माग र युवाकाे चाहनाअनुसार सुध्रिएर जान अबसर दिएकाेछ तर सुध्रिने नसुध्रिने ऐलेकाे काँग्रेसकाे नेतृत्व वर्गमा छ । हेराैँ १५ आैँ महाधिवेशनमा कस्ताे नीति लिएर अघि बढछन । त्यसमा नै फागुन २१ काे चुनाब जित्ने नजित्नेमा निर्भर रहनेछ । हे भगवान काँग्रेसका नेताहरलाई सत्वुध्दि देउ ! ऐलेकाेजस्ताे वुध्दिले काँग्रेस अघि बढन सक्दैन किनभने हिजाेदेखि आजसम्म वाग्मती र भेरीमा धेरै पानी बगीसकेकाेछ । अस्तु!





