जुम्लादेखि करिब ७० करोड कृषि बस्तु बाहिर निर्यात

गाेल्डेन बुढा

जुम्ला,२९ साउन।
जुम्लाका कृषकले उत्पादन गरेका कृषि सामग्री बिक्री गरि गएको बर्ष झण्डै ७० करोड हाराहारीको कृषि सामग्री निर्यात भएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार गतबर्ष जुम्लाले ७० करोड रुपैयाँ मुल्य बराबरको कृषि बस्तु जिल्ला बाहिर निर्यात गरेको छ । २३ हजार टन कृषि उपज बाहिर जिल्ला पठाएको कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए।निर्यात भएका कृषि सामग्रीहरुमा सबैभन्दा बढी स्याउ छ ।

गतबर्ष मात्रै ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जिल्ला बाहिर पठाइएको थियो ।तथ्याङ्क अनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो।जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको छ।त्यसैगरि मार्सीचामल, कोदो, ओखर, चिनोको चामल, सिमी, फापर, जौं तथा गहुँ समेत किसानले जिल्ला बाहिर लैजाने गरेका छन् । कृषि बस्तु बेच्न खलंगामै दर्जन बढि कोशेली घर खोलिएका छन् ।

कर्णाली घुमफिरमा निस्कने आन्तरिक तथा बाहृय पर्यटकले यहिबाट बोकेर लैजाने गरेका छन ।प्रमुख अधिकारीले भने, “बजारको सहज पहुँच, सञ्चार सुविधा र सडक सञ्जालको विस्तार संगै कृषि उपजको माग र मुल्य दुबै बढिरहेको छ, तर भण्डारण सुविधा, प्रशोधन केन्द्र र मुल्य स्थायित्वको चुनौति भने कायमै छ ।”गत बर्ष स्याउको उत्पादन २१ हजार टन थियो । नौ हजार ३ सय ३१ टन स्याउ जिल्ला बाहिर निर्यात भयो । कृषि कार्यालयको तथ्यांक अनुसार जुम्ली किसानले दुई हजार ५ सय ९० किलो ओखर, ५५ हजार ८ सय ९ किलो सिमी, दुई हजार ९ सय १३ किलो भटमास, ९० हजार ६ सय ६० किलो आलु जिल्ला बाहिर पठाएका थिए ।११ हजार ५ सय ५५ किलो मार्सी चामल, ९ सय ५० किलो चिनो चामल, ७ सय ९० किलो कागुनो चामल, ६ हजार १ सय ५० किलो फापरको पिठो, १६ हजार चार सय किलो कोदोको पिठो र १० हजार ४५० किलो जौं को पिठो समेत निर्यात भएको कृषि कार्यालयले तथ्यांकले देखाएको छ ।निरन्तर बर्षा, असिनापानी, बाढीपहिरो र सुक्खा खडेरीका कारण बर्षेनी कृषि उपज उत्पादनको क्षेत्र घट्दै गइरहेको छ । आर्थिकबर्ष २०७९/०८० मा ३० हजार ८ सय २८ टन खाद्यान्न बाली उत्पादन भएको थियो । २०८०/८१ मा ३२ हजार ८ सय ४५ टन र २०८१/८२ मा २४ हजार २ सय ३१ टन खाद्यान्न उत्पादन भएको हो । स्याउको भने हरेक बर्ष उत्पादन बढिरहेको छ ।

आर्थिक बर्ष २०७८/७९ मा १६ हजार टन स्याउ भएकोमा २०७९/०८० मा १८ हजार टन, २०८०/८१ मा १९ हजार ८ सय ४० टन उत्पादन भएको थियो । चार वर्षयताकै सबैभन्दा बढी उत्पादन २०८१/८२ मा २१ हजार २ सय ७० टन स्याउ फलेको थियो ।यता स्याउ किसान रामचन्द्र राेकाया ढुवानी गर्ने सडक कच्ची हुँदा लाखौंको कृषि उत्पादन बाटोमै कुहिले र खेर जाने गरेको बताउने गर्छन् । उनले भने, “किसानको उत्पादन हरेक बर्ष बढ्दै गइरहेको छ । उचित बजार, मुल्य र ढुवानी गर्ने सडक कमजोर हुँदा निकै ठुलो समस्या बेहोर्नु परिरहेको छ ।”

जुम्लादेखि करिब ७० करोड कृषि बस्तु बाहिर निर्यात

चिया बेचेर दैनिक ८ हजार रुपैयाँ कमाउछ्न

जुम्लादेखि करिब ७० करोड कृषि बस्तु बाहिर निर्यात

सम्पादकीय : जगदुल्ला निर्माणमा विलम्ब नहोस् !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds