पतिले अर्की ल्याएपछि पनि हार मानिनन्: चटपटे बेचेर आत्मनिर्भर बन्दै जुम्लाकी फुलमाया

गाेल्डेन बुढा
जुम्ला,२७ भदौ।
समाजको कठोर नजर र पारिवारिक पीडाबीच पनि आत्मनिर्भर बन्ने साहसिक यात्रा सुरु गरेकी छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ न्याउरीघाट गाउँकी २८ वर्षीया फुलमाया (रावत ) कठायत। पतिले अर्की श्रीमती ल्याएपछि मानसिक र सामाजिक पीडामा परेकी फुलमायाले आफूलाई कमजोर बनाउने सट्टा आत्मनिर्भर बन्ने बाटो रोजिन्। अहिले उनी जुम्लाको सदरमुकाम खलंगामा बजारमा चटपटे बेचेर जीविकोपार्जन गर्दै आएकी छन्।दुई सन्तानकी आमा फुलमाया विगत एक वर्षदेखि चटपटे व्यवसायमा लागेकी हुन्।

नेपाली सेनाको टुडिखेल तल्लीन गेट नजिकै “फुलमाया चटपटे पसल” चलाउँछिन्। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म, उनका हातले बनाएका चटपटेको स्वाद लिन सयौं ग्राहक पुग्छन्।फुलमायाको आम्दानी मासिक न्युनतम १५-१८ हजार पुग्छ। चटपटे र पानीपुरी ५० रुपैयाँ प्लेटमा दैनिक १ हजार देखि १ हजार ५ सय रुपैयाँ सम्म कमाउछिन्।कान्छी छाेरी स्मृति कठायत छिमेकी देश भारत लामा पढाउन हालेकी छन्।भने जेठी छाेरी ईश्वरी कठायत जुम्लाको सदरमुकाम खलंगाकाे जिएमडी बाेर्डिङ स्कुलमा तीन कक्षामा पढाइरहेकी छिन्।उनलेे मासिक ७ हजार काेठाभाडा तिर्छन्। जेठी छाेरी १२ वर्षकी भइन्।भने कान्छी १० वर्षकी छिन्।उनका अनुसार, श्रीमानले दाेस्राे बिवाहा गरेर घर छोडेपछि बालबालिकाको खर्च, पढाइ र आफ्नो जीवन चलाउन कुनै रोजगारी गर्नैपर्ने थियो। “सुरुमा लाज लाग्थ्यो, तर अहिले गर्व लाग्छ,” उनी भन्छिन्, “मेहनत गर्दा पेट पाल्न सकिन्छ भन्ने विश्वास पलाएको छ।”उनले दैनिक रूपमा सयौंको संख्यामा स्थानीय बासिन्दा र विद्यालयका बालबालिकालाई चटपटे बिक्री गर्छिन्। व्यवसाय सानो भए पनि आम्दानीले घरखर्च चलाउन सहज भएको उनी बताउँछिन्। फुलमायाले ८ पास गरेकी छन्।२०७० सालमै ७ कक्षामा पढ्दापढ्दै बिवाहा गरिन्। पाेइली घरबाट गरे उनलेे भनिन्।उनको माइतीघर जुम्लाको पातारासी गाउँपालिका-७ पट्मारा गाउँ हो।फुलमायाको संघर्षले बजारमै स्वरोजगार बन्न सकिन्छ ,भन्ने सन्देश दिएको छ।
स्थानीय युवा र महिलाहरू पनि उनको प्रयासबाट प्रेरित हुन थालेका छन्। “अहिले धेरैले मलाई सहयोग र हौसला दिनुभएको छ।” फुलमाया भन्छिन्, “श्रमबाट जिउन लाज होइन, गर्वको कुरा हो।”“श्रीमान् पुलिस भए पनि न्यायको आशमा बस्दा धेरै समय बितिसक्यो,” फुलमाया भन्छिन्, “तर अब म आफैंमा भरोसा गर्छु।”पाँच वर्ष बढी भयो।अर्की ल्याएको फुलमायाले भनिन्।बिचमा ढाटेर लुकाएर शहर बजारमै राख्यो।बल्ल पछि थाहा भयो।“म अब भिक माग्दिन, पसिना बगाउँछु,” उनको स्वरमा साहस झल्किन्छ।फुलमायाको यो प्रयासले एकातिर महिलाको आत्मनिर्भरता र सम्मानित जीवनयापनतर्फको यात्रा देखाउँछ।भने अर्कोतिर समाजमा पुनःस्थापना र स्वाभिमानका लागि दृढ निश्चय गरेकी महिलाको कथा पनि प्रस्तुत गर्छ।





