कोहलपुर नगरपालिकाद्वारा चिसो र शीतलहर प्रभावितलाई राहत, १७ स्थानमा आगो ताप्ने व्यवस्था (तस्बिर सहित)

सरला सुवेदी ।
बाँकेको कोहलपुर नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित जनतालाई राहत प्रदान गर्न नगरका १७ स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालयको सहकार्यमा वडा नं. १, २, ८, ९, १०, ११, १२ र १४ का मुख्य चोक तथा सार्वजनिक स्थलमा यो व्यवस्था गरिएको हो ।

नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार, पछिल्लो केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ । “गरिब, असहाय, वृद्धवृद्धा र बालबालिकालाई न्यानो दिन नगर प्रहरी चोक–चोकमा खटिएको छ,” थापाले बताए ।

जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्ठा दाउरा खरिद गरी, इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा यी दाउरा वितरण गरिएको छ । आगो ताप्ने व्यवस्था मुख्यतः कोहलपुरको साझा चोक, हाइस्कुल, पिपरी, मदनचोक, कौशिलानगर, चपरगौरी, हवल्दारपुर र अन्य चौराहामा गरिएको छ ।

यस व्यवस्थाले विशेषगरी मजदुर, सडकमा बस्ने व्यक्ति र अन्य प्रभावित समुदायलाई चिसोबाट राहत पु¥याएको छ । नगरपालिकाले यो पहल चिसोका कारण थप समस्या पर्न नदिनका लागि चालेको हो ।

कोहलपुरका बासिन्दाहरूले नगरपालिकाको यो कदमलाई सकारात्मक रूपमा लिएका छन् । यो अभियानले चिसोबाट प्रभावित समुदायलाई राहत दिँदै मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

कोहलपुर नगरपालिकाद्वारा चिसो र शीतलहर प्रभावितलाई राहत, १७ स्थानमा आगो ताप्ने व्यवस्था (तस्बिर सहित)

बालविवाह घटाउन बाँकेका युवा सक्रिय

कोहलपुर नगरपालिकाद्वारा चिसो र शीतलहर प्रभावितलाई राहत, १७ स्थानमा आगो ताप्ने व्यवस्था (तस्बिर सहित)

नेपालगञ्जमा मोमो महोत्सव हुँदै

This will close in 0 seconds