क्रिसा बाँकेको १६औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु
कोहलपुर,२१ मंसिर ।
कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा १६औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०८२ आजबाट सुरु भएको छ । कोहलपुर नगरपालिकाको साँझाचोकबाट विहान १० बजेबाट सुरु भएको प्रभातफेरी कोहलपुरको न्यूरोड हुँदै खुल्ला मैदान पुगेको थियो ।
कार्यक्रममा प्रमुख अतिथित तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए भने क्रिसा बाँकेका अध्यक्ष वेगम चन्दको सभापतित्वमा कार्यक्रम भएको थियो । कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका २३ वटा विद्यालयहरुले १६औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८२ म सहभागिता जनाएका छन् ।
क्रिसा बाँकेका संस्थापक स्वर्गियद्धय टिकाराम सुवेदी र नेत्र बहादुर चन्दलाई सभापति तथा कार्यक्रममा प्रमुख अतिथिले तस्बिरमा माल्याअर्पण गरेका थिए ।
२३ वटा विद्यालयहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । मार्च पासमा प्रथम हुनेमा कोहलपुर २ मा रहको जनज्योति पब्लिक हाइ स्कुल, कोहलपुर ५ मा रहेको वेष्र्टन ई.मि.स्कुल द्वितीय, कोहलपुर १२ मा रहेको ग्रिन पिस स्कुल तृतीय भएका छन् ।
यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले संस्थागत विद्यालयहरुको साझा संगठन क्रिसाले स्थानिय तहसंग निति तथा कार्यक्रमहरुमा समन्वय र सहकार्यमा काम गरेको भन्द्र प्रसंसा गरेका थिए । राष्ट्रिपति रनिङ्गशिल्डका लागि मात्र खेलकुद हुँदैनन्, उनले भने, ‘बालबालिकाको सार्वाङ्गिक विकास गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्छ ।’ खेलकुदलाई सफल बनाउन नगरपालिकाले आर्थिक, भौतिक, नैतिक र अन्य थप आवश्यक पर्ने सहयोगहरु पूर्ण रुपमा सहयोग गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
नगर भित्रका रहेका संस्थागत विद्यालयहरुलाई नितिगत, संस्थागत र अन्य कुनै पनि समस्याको समाधान गर्ने जानकारी गराउँदै गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरी कोहलपुरलाई शैक्षिक हव बनाउन सबै एकजुट भएर लाग्न नगर प्रमुख आचार्यले अनुरोध गरे ।
यस्तै क्रिसा बाँकेका अध्यक्ष वेगम चन्दले क्रिसा सबैको साझाँ संगठन भएकोले खेलकुदलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । प्रतियोगितालाई सम्पन्न गर्नका लागि सबै संस्थापक, खेल प्रशिक्षक, शिक्षक, कर्मचारी, विद्यार्थी लगायत अन्य सुरक्षा निकायका व्यक्तित्वहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी मंसिर २३ गतेसम्म खेलकुद प्रतियोगिता सफल बनाउन यहाँहरुको अमूल्य सहयोगको आवश्यक रहेको बताए ।
यस्तै सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्मा, कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, ११ का वडा अध्यक्ष कल्पना अधिकारी, ८ का अध्यक्ष लाल बहादुर राना,कोहलपुर नगरपालिका वडा नं. १ केन्द्रिय सदस्य, श्याम बहादुर कुंवर, लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेत लगायत राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो ।
क्रिसा बाँकेका सचिव प्रकाश मल्लले कार्यक्रम सञ्चालक गरेका थिए भने प्रतियोगिताको पहिलो दिन १०० मिटर दौड (मावि र आवि) भएको थियो । प्रतियोगिता २३ गतेसम्म सञ्चालन हुनेछ ।





