नेपालगन्जमा गरिदै मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको आठौं संस्करण
बाँके,१९ मंसिर ।
नेपालगन्जमा ‘आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता-२०८२’ गरिदैछ । यही मंसिर २० गते हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा आयोजक नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष प्रदिप सापकोटाले प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा गराइने जानकारी दिनुभयो । उहाँका अनुसार एमटिबी पुरुष ३६ किमी, एमटिबी भेट्रान २५ किमी, एमटिबी महिला २५ किमी, साधारण साइकल पुरुष २५ किमी, साधारण साइकल महिला १६ किमीको प्रतिस्पर्धा गराइनेछ ।
उक्त प्रतियोगिता स्थानीय वीपी चोकबाट शनिबार बिहान सुरु गरिनेछ । क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक कविराम बुढाथोकीले विजेता खेलाडीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेता खेलाडीहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउने विश्वास आयोजकले लिएको छ । प्रतियोगिताबाट यस क्षेत्रमा लुकेका खेल प्रतिभालाई उजागर गर्दै खेलाडी उत्पादन गर्ने कार्य गरेको क्लवले जनाएको छ ।



