लुम्बिनीले हरायो विराटनगरलाई

काठमाडौं ,१७ मंसिर ।
नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। विराटनगरलाई पराजित गरेसँगै लुम्बिनी ‘प्लेअफ’ नजिक पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर डी‘एर्सी शर्टले सर्वाधिक ५७ रन बनाए । डी‘एर्सीले ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए ।

यो जितसँगै लुम्बिनीले ६ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ ।

लुम्बिनीले हरायो विराटनगरलाई

कोहलपुरमा हुलास खाद्य उद्योगबाट म्याद नाघेको ९१

लुम्बिनीले हरायो विराटनगरलाई

१६ दिने “अभियानका नारा सहरमा, पीडा गाउँमा”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds