कोहलपुरमा हुलास खाद्य उद्योगबाट म्याद नाघेको ९१ बोरा आँटा नष्ट, उपभोक्ता सुरक्षामा कडाइ

बाँके ,१७ मंसिर
बाँकेको कोहलपुर–१४ स्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा आँटा फेला परेपछि नियामक निकायले तत्काल नष्ट गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले उद्योगभित्र ठूलो मात्रामा म्याद सकिएको पिठो भेटिएको पुष्टि गरेको हो।

उद्योगद्वारा प्रस्तुत विवरणअनुसार ती बोराहरूको मूल्य करिब दुई लाख ३६ हजार नौ सय रुपैयाँ बराबर पर्छ। अनुगमन टोलीको उपस्थितिमै सबै बोरा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिनुभयो।

प्रमुख पोखरेलका अनुसार आँटा उत्पादनका क्रममा अत्यधिक धुलो उड्ने, किरा लाग्न सक्ने सम्भावना देखिनेजस्ता जोखिमबारे उद्योगलाई कडाइका साथ सचेत गराइएको छ। उहाँले भन्नुभयो, “यस्ता अवस्था देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन निर्देशन दिइएको छ।”

बजार तथा उद्योगको नियमित अनुगमन भइरहेको उल्लेख गर्दै पोखरेलले विषादीयुक्त तरकारी, अखाद्य तथा म्याद नाघेका खाद्य वस्तुप्रति कार्यालयले विशेष निगरानी बढाएको बताउनुभयो।

यस घटनापछि कोहलपुर क्षेत्रका उपभोक्तामा खाद्य सुरक्षा र गुणस्तरप्रति थप चासो तथा सतर्कता बढेको देखिन्छ।

 

कोहलपुरमा हुलास खाद्य उद्योगबाट म्याद नाघेको ९१ बोरा आँटा नष्ट, उपभोक्ता सुरक्षामा कडाइ

हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

कोहलपुरमा हुलास खाद्य उद्योगबाट म्याद नाघेको ९१ बोरा आँटा नष्ट, उपभोक्ता सुरक्षामा कडाइ

लुम्बिनीले हरायो विराटनगरलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds