वाध्यताको परिधिमा यौन स्वतन्त्रता


मन मिलेपछि पशुपंक्षीहरु गर्भ धारणका समयमा यौन व्रिmया गर्न खुला रहेका छन् । मानव विकासको शुरुवाती समयमा पनि यौन खुला र सामुहिक थियो, घुमन्ते सिकारी युगसम्म यो खुला नै रह्यो । जब मानिसले सिकार वाहेक जंगली फलफूल अन्नपातबाट पनि बा“च्न सकिन्छ भनि अन्नफल उत्पादन गर्न थाले, त्यो वाली पाकुन्जेल प्रतिक्षा गर्नु पनि गाह्रो विषय बन्यो । तव मात्र एकै स्थानमा वसोवास गर्न जंगली जनावर ल्याएर पालन गर्न थालिएको हो ।

पृथ्वी जगतमा सबै भन्दा धेरै विवेक भएको जनावर, मानिसले एकपछि अर्को प्राकृतिक मानवीय खोज गर्दै गयो । जनसंख्या वृद्वि हु“दै जा“दा समाज र राज्यको उत्पती भयो । मानव मष्तिस्कले आफ्ना शरिरको आयू लम्ब्याउन अनेक खोज गर्न थाले । मृत्यु भइसकेका अग्रज (जसले समाज सुधारको लागि उल्लेख्य कार्य गरे) को पुजा गर्दै देवत्व निर्धारण गरी मन्दिर बनाएरै पुज्न थालियो । धर्म ग्रन्थहरुमा पनि देवको नामकरण गरी पुरुषहरु फरक लिङ्गका भएपछि तिबाट जन्म लिएका छोराछोरी आफ्ना सन्तान मानिएको कथा ‘पा“च भाई पान्दुका छोरा पाण्डव’ विषय महाभारतमा पढ्न पाइन्छ ।

सामुदायिक रुपको यौन सम्पर्कबाट जन्म लिएका बच्चाबच्चीहरुमा समस्या देखिएको । उनीहरुको जन्म एउटैै बाबुबाट भएपनि मानसिक र शारिरिक रुपमा फरक क्षमताका भएको समेत पत्ता लाग्यो । त्यपछि हाडनातामा सात पुस्तासम्म यौन कार्यमा बाधा पुग्ने धार्मिक नियमावली बन्यो । त्यही धार्मिक नियमावली नै राज्य संचालनका क्रममा कानुन बनाइएको हो । । मानव देखि जनावर सबैमा युवा अवस्थामा नै यौन व्यवहार सक्रिय हु“दै गएको पाईन्छ । शारिरिक यौन व्यवहार सव्रिmय नभएको भए यो संसारमा जन्मने प्रक्रिया अन्त्यसँगै मृत्यु पछि शुन्य संसार हुने थियो ।

फरक धारको खोजसँगै मानव मस्तीले पनि प्रकृतीसंग मिलेर खोज गर्दै गएको हो । समाज विकास गर्दा पनि फरक–फरक राज्य, धर्म व्यवस्थापनमा जातजाती विशेष यौनबाट बच्चा जन्माउने नीति बनाउदै गएको हो । त्यस्तै युवा यूवतीहरु यौन विषयमा शारिरिक तथा मानसिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्नुपर्नेमा राज्य विकाससँगै पृति सत्तात्मक सोचले महिला माथि अनेक प्रकारका बन्धन लगाउदै हिन्दु सम्प्रदाय सहितको राज्य व्यवस्थापन निर्माण हुँदै गयो । पुरोहितहरुले ९ वर्ष उमेरमै रजस्वला समेत नभएको समयमा विवाह गर्ने धार्मिक नीति बनाएका थिए । यो नियम बनाउने मुख्य उद्देश्य नै यूवतीहरु यौनका लागि परिपक्व भएपछि आफ्नो मात्र वंशजले जन्म लिने भन्ने बन्धन हो ।

परिपक्क शरीरमा मात्र गर्भाधारणले स्वास्थ्यमा असर नपर्ने वैज्ञानिक प्रमाण फेला पारेपछि राज्यले २० वर्ष उमेर तोक्दै कानुन बन्न पुग्यो । नेपालमा कानुनले २० वर्ष भन्दा कम उमेरको विवाह बन्देज गरेको छ । हावापानी अनुसार शारिरिक रुपमा यौनका लागि परिपक्व हुने उमेर पनि फरक भएरै संसारभर विभिन्न मुलुकहरुले आफ्नै नियम कानुन निर्माण गरेका छन् ।

मेरो बुझाईमा अदृश्य घोषणा भएको यौन सधै नै खुला रहेको छ । पुरुषप्रधान समाजले महिलाबाट अनेकथरी वहानामा यौनको अधिकार समेत खोसको देखिन्छ । राजा महाराजाले पुरुषको मृत्युमा सती जाने प्रथासम्म लागु गरे ।

नेपालमा श्री ३ जंगबहादुर राणाको ४२ वटी रानी थिए । सातजनालाई त सती पठाइएको इतिहास छ । धेरै रानी भएकोले एउटा रानीलाई मात्र वडामहारानी नामकरण गरिएको थियो । राजाहरु रानी हु“दा पनि दरवारमा सत्ताको लागी यौनका अनेकौं खेल भएको इतिहास पाउँछौ ।

राणा शाषण समयमा श्रीमतीलाई अर्को पुरुषले श्रीमती बनाउँदा आर्थिक तोकेरै लिन पाउने अधिकार पछि पञ्चायतकालसम्म नै चल्यो । पश्चिमा राष्ट्रहरुमा महिलाहरुले पुरुष झैं अधिकार प्राप्तीको लागी आन्दोलन गर्दा समान प्रतिस्पर्धामा उपस्थित भएका छन् । धेरै मुलुकमा त यौन पेशामा नै जिवन बिताउछु भन्ने अधिकार पाएर महिलाहरु ‘रेडलाइट’ क्षेत्रमा खुला रुपमा काम गरिरहेका छन् ।

मानवमा अधिकारको चेतना विकास हुँदै जा“दा पश्चिमाहरुले नै यौनलाई खुला गराउन थालेका छन् । पुरुष र महिलाको मन मिलेपछि यौनको प्राकृतिक आवश्यकताका लागि सहभागी हुन्छन् । यसका साथै धेरै समयसम्म वैवाहिक दम्पती टाढा हु“दा आफ्ना यौन तृष्णा मेटाउन अस्थायी साथीहरु बनाउन समेत छुट गरेका छन् । त्यस्तै परिपक्व उमेर भएपछि विवाह नभएपनि यौन गतिविधिमा साथी बनाउने, मन मिलेपछि विवाह बन्धनमा बा“धीने युरोपका मुलुकहरुमा वैधानिकता प्रावधान नै छ । दक्षिण एसिया र मुस्लीम मुलुकहरुमा भने महिलाले इच्छा भएपछि मात्र अन्य पुरुष सम्बन्ध राख्नै नपाउने धार्मिक निती छ । तर पुरुषको विषयमा भने यो छैन ।

कविलाका राज्य हु“दा महिलाहरु अर्को पुरुषस“ग विवाह वा यौन सम्बनधमा रहे आफ्नो राज्य छोडेर अर्को कविलामा सुरक्षाको लागी जान्थे । नत्र ‘जार काट्ने’ अधिकार थियो । राणा कालमा जारी पाउँने कानुुन नै बन्यो । त्यो समयमा महिलालाई शिक्षा, निर्वाचन र फौजी निजामती क्षेत्रमा अधिकार पनि थिएन । त्यो अधिकार वि.सं. २००७ सालको प्रजातान्त्रिक व्यवस्था आएपछि मात्र खुला गरिएको हो । तर वहुविवाह गर्न पुरुषलाई गणतान्त्रिक राज्य स्थापना हु“दासम्म कानुनी मान्यता रह्यो ।

वि.सं. २०५२ सालको सशस्त्र द्वन्द्वमा महिला पनि सहभागि भएपछि २०६२/०६३ को संयूक्त जनआन्दोलनको जगममा गणतन्त्र स्थापना भयो । यसपछि सेनाहरुमा समेत महिलाले आफ्नो उपस्थिती हुने अधिकार पाउन थाले । २०७३ को संविधानले महिलालाई सम्पत्तीको समेत अधिकार सुनिश्चित गर्यो ।

विदेशी भूमिमा रोजगार खुला हुन थालेपछि नेपालमा महिलाहरु स्वदेशमा रहने र पुरुषहरु परदेशमा श्रमदास भएर जान थलेका छन् । परिवारको पालन पोषण देखि छोराछोरीलाई शिक्षाका लागि बजार ल्याउने क्रम देशभर हवात्तै बढ्यो । पुरुषहरु विदेशमा रहँदा यहाँ महिलालाई प्राकृतिक यौन चाहना मेट्न समेत वन्देज छ । उनीहरु खुला रुपमा आफ्ना यौन चाहना मेट्न पाउदैनन् । यस्तो अवथामा समाजले यौन स्वतन्त्रताको विषयमा सोच्न जरुरी छ । प्राकृतिक चाहनालाई सामाजिक संस्कारको वाध्न मिल्दैन । भविष्यमा यो विषय एकदिन भेल बनेर बग्ने नै छ । यौनलाई खुला नगर्ने राज्यको नीति तथा सामाजिक संस्कार हो भने महिला र पुरुषको सम्बन्धको दुरी बढाउनु हुदैन । यसका लागि देशमै रोजगारीको सृजना गर्नुपर्छ । यसले नागरिकहरुको वैवाहित सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्छ ।

वाध्यताको परिधिमा यौन स्वतन्त्रता

अघि बढ्यो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’

वाध्यताको परिधिमा यौन स्वतन्त्रता

जाजरकोटका सरकारी निकायलाई बजेट समयमै कार्यान्वयन गर्न