नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, ३० भन्दा बढी घाइते


भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् । सो दुर्घटनामा कम्तीमा ३० भन्दा बढी तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ ।

घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ ।

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, ३० भन्दा बढी घाइते

सुतेकै ठाउँमा सर्पले टोक्दा दुई बालिकाको मृत्यु,

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, ३० भन्दा बढी घाइते

नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

This will close in 0 seconds