आत्मविश्वासले सफल भएका नन्दप्रसाद


अपाङ्गता भएर बाँच्नु कसैको रहर हुँदैन् । रहर नभए पनि कहिले काँही परिस्थितिले कसैलाई त्यस्तो अवस्थामा पु¥याउने गर्छ । तर शारीरिक अपाङ्गता हुँदैमा उनीहरुको जीवन नै सकिन्छ भन्ने भने होईन् ।
वीरेन्द्रनगर नगरपालिका–१० का शारीरिक अपाङ्गता भएका नन्दप्रसाद चौलागाईको कथाले पनि सबैलाई चकित बनाउन सक्छ । चौलागाई अहिले ७० वर्षको भए । जन्मदा उनको शारीरिक अवस्था राम्रो नै थियो । उनी २०३२ सालमा नेपाली सेनामा भर्ना समेत भए । करिव १० वर्ष उनले नेपाली सेनामा आवद्ध भएर नेपाली जनताको सेवा पनि गरे ।
२०४१ साल कार्तिक १० गते उनी एक्कासी विरामी हुन पुगे । उनको विराम त्यसबेला सामान्य नै थियो । बिरामीको निउ ज्वरो नै थियो । उनी विरामी भएपछि बेहोस नै हुन पुगे । अस्पतालमा भर्ना भए र विरामीको रुपमा उनलाई डाक्टरले मेरुदण्ड पक्षघाट भएको छ भने । चौलागाईको दुवै खुट्टा कमजोर भए । एउटा निस्टुल कन्ट्रोल गर्न नसक्ने, हिडडुल गर्न समेत समस्या आयो । त्यसयता उनी हुलचियर कै सहायतामा आफ्नो दैनिकी चलाईरहेका छन् ।
२०४१ सालदेखि विरामी भएपछि नन्दप्रसाद चौलागाई दश बर्ष अर्थात २०५० सालसम्म अस्पतालको एउटै बेडमा दिन बिताए । त्रिचन्द्र अस्पतालमा उनी भर्ना भएका थिए । डाक्टरको सल्लाह अनुसार औषधी सेवन गर्ने, फिजियोथेरापी गर्दै उनको दिनचर्या १० वर्ष अस्पतालमै बित्यो । उनले यो समयमा अस्पतालमा थुप्रै दुःख, कष्ट झेल्नुपरेको दुखेसो सुनाए ।
केहि समयपछि उनले डाक्टरलाई भनेका थिए, ‘डाक्टर साव अस्पतालमा बसेर मात्रै नहुने रहेछ । अब घरमै गएर गाउँघर कै माटो, गाउँघरकै हावापानीसँग जुधेर बस्छु । अस्पतालले म बाँच्दासम्म मलाई यहाँ राख्न सक्दैन् ।’
चौलागाईको यो कुरा सनेर डाक्टरले हुन्छ त भने यस्तो मान्छे गाउँमा गएर बस्न गाह्रो हुन्छ पनि भने । चौलागाईलाई लाग्थ्यो, ‘म यति समयसम्म यो बेडमा बसेँ म गए भने त अर्को कोहि विरामीले सेवा लिन सक्छ । म कति बर्ष यो बेड ओगटेर बसौँ ।’ उनी डाक्टरको सल्लाह अनुसार घर फर्किए पनि ।
घरमा पनि उनलाई हिडडुलका लागि सहायक सामाग्रिको आवश्यक पर्यो । सुर्खेत आएपछि उनी काठमाडौं पुगे अपाङ्गता सहायक कोषमा । उनले ड्राई साईकलको माग गरे र पाए पनि । उनले आफुमा आएका सानातीना समस्याहरुलाई साईकलकै सहायताले हल गरे । चार पाङ्ग्रे (टायर) भएको स्कुटरमार्फत अहिले विभिन्न कामसँगै हिडडुल गरिरहेको बताए । उनी रोग, भोग लगायत विविन्न कुरासँग संर्घष गर्दै आईरहेको उनको भनाई छ ।
उनी भन्छन्, ‘अपाङ्गताको क्षेत्रमा म आफै पनि काम गर्छु । राज्यले थुप्रै नीति, नियमहरु पनि बनाएको छ अपाङ्गता भएका व्यक्तिहरुको लागि, तर कार्यान्वयन भएको छैन् । म मात्र होइन् की नेपालका सबै अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने हक, अधिकारका कुरामा हाम्रा हात पछाडी बाँधेर लौ तिम्रा हक, अधिकार भनेर दिएका छैनन् ।
काँक्रेविहार यहि छ तर त्यहाँ अपाङ्गता मैत्री बाटो नै छैन गए भने पनि काँक्रेविहार मन्दिर नै नहेरी फर्किने अवस्था छ । अपाङ्गगतामैत्री बाटो छैन्, संरचना छैनन् । यहि वीरेन्द्रनगरको बिच बजारको बाटो फराकिलो बनाउँदा मैले नै अपाङ्गतामैत्री बाटो हुनुपर्छ भने तर कसैले सुनेनन् ।’ राज्यको ध्यान कता ? खै त अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गतामैत्री संरचना ? उनको प्रश्न थियो ।
परिवारका तीन जना अपाङ्गता
नन्दप्रसाद चौलागाईको चार जनाको परिवार छ । चार जना मध्ये तीन जना विभिन्न अपाङ्गता रहेका छन् । नन्दप्रसाद शारीरिक अपाङ्गता हुन् भने उनको श्रीमती पूर्ण दृष्टिबिहिन हुन् । उनको श्रीमती २०४६ सालदेखि पूर्ण दृष्टि भएकी हुन् ।

उनको श्रीमती मात्र होईन् । उनको छोरी पनि मानसिक अपाङ्गता छिन् । २०५३ सालमा जन्मिएकी उनकी छोरीको जन्मँदा राम्रै थिईन् । मानसिक रुपमा उनलाई समस्या आयो । कक्षा–८ मा पढ्दै गर्दा उनी बिरामी हुन पुगिन् । र परीक्षा समेत दिन सकिनन् । उनले अहिले औषधी सेवन गर्न थालेको नै १० वर्ष भयो ।
मिठाइ डिब्वाबाट आत्मनिर्भर
२०५५ सालमा सुर्खेतमा सिन्धुपाल्चोकबाट सिन्धु सुधार संस्था आयो । त्यो संस्थाले सुर्खेतमा आएपछि अपाङ्गता भएका व्यक्तिहरुका लागि केहि काम गर्ने योजनाका साथ आएको थियो । संस्थाले घरदैलो कार्यक्रम पनि ग¥यो । घरदैलोकै कार्यक्रममा चौलागाईको घरमा गुग्यो । घरमा आएपछि चौलागाईको परिवारको बारे संस्था बुझेर गयो ।
त्यस संस्थाले कागजी सामाग्री तालिमको आयोजना ग¥यो । र तालिममा नन्दप्रसाद पनि सहभागि भए । दुवै जनाले तालिम लिएका थिए । तालिमपछि त्यहि संस्थाले सुर्खेतमा नेत्रहिन नामको संस्था दर्ता ग¥यो । तालिमपछि निरन्तर रुपमा मिठाईका डिब्वा गराउने गरेका छन् चौलागाईको परिवारले ।
२०÷२५ हजार रुपैयाँबाट शुरु गरिएको लगानी अहिले बार्षिक रुपमा दुई लाखसम्म आम्दानी हुने गरेको चौलागाईले बताए । वीरेन्द्रनगर नगरपालिकाबाट बार्षिक रुपमा २० देखि ५० हजार रुपैयाँसम्म अनुदान पाउने गरेको उनले बताए ।

आफै पसल पसल पु¥याउँदै
चार पाँग्रे (टायर) भएको स्कुटर चलाउँछन् चौलागाई । उनीहरुले बनाएको मिठाईका डिब्वा पाउदेखि आधा के.जि, एक के.जि.सम्म अट्ने मिठाईका डिब्वा गराउँदै आएका छन् । विद्यालय, मिठाई पसल, कार्यालय, होटल, सहकारी संस्था लगायत ठाउँहरुमा डिब्वाको माग हुने गर्छ । चार पाङ्ग्रे स्कुटरमा आफै पु¥याउन जान्छन् चौलागाई ।

मिठाईका डिब्वा बनाउनका लागि केहि सामान बाहिरबाट लिने गरेको उनले बताए । कार्ड सिट, दप्ति लगायतका कच्चा पदार्थको रुपमा सामान मगाउने गरेको बताए । डिब्वा गराउनका लागि मैदा हुनुपर्ने र त्यसबाट गम तयार पार्ने र पेपर, दप्तिमा कसरी लगाउने भन्ने बारे थाहा पाउनुपर्ने बताए । दिनमा ४÷५ सय वटा तयार पार्न सकिने उनले जानकारी दिए ।
आफुले गरेको काम र सिपमा धेरै खुशी हुने गरेको चौलागाईले बताए । उनले भने, ‘हामीबाट अरुले लिएको सामान आकर्षक भयो र ग्राहक खुशी भए भने हामी पनि खुशी हुन्छाँै । मानिस अल्छि बन्नु हुँदैन, अल्छि मानिसको सत्रु हो । अल्छिलाई जरैदेखि उखेलेर फाल्नु पर्छ । आफनो मनमा लागेको कुनै व्यवसाय गर्नुपर्छ । सानो भएपनि तन, मन, कर्म, बचन लगाएर गरेमा त्यो मान्छे नै महान बन्छ ।’






