आत्मविश्वासले सफल भएका नन्दप्रसाद


अपाङ्गता भएर बाँच्नु कसैको रहर हुँदैन् । रहर नभए पनि कहिले काँही परिस्थितिले कसैलाई त्यस्तो अवस्थामा पु¥याउने गर्छ । तर शारीरिक अपाङ्गता हुँदैमा उनीहरुको जीवन नै सकिन्छ भन्ने भने होईन् ।

वीरेन्द्रनगर नगरपालिका–१० का शारीरिक अपाङ्गता भएका नन्दप्रसाद चौलागाईको कथाले पनि सबैलाई चकित बनाउन सक्छ । चौलागाई अहिले ७० वर्षको भए । जन्मदा उनको शारीरिक अवस्था राम्रो नै थियो । उनी २०३२ सालमा नेपाली सेनामा भर्ना समेत भए । करिव १० वर्ष उनले नेपाली सेनामा आवद्ध भएर नेपाली जनताको सेवा पनि गरे ।

२०४१ साल कार्तिक १० गते उनी एक्कासी विरामी हुन पुगे । उनको विराम त्यसबेला सामान्य नै थियो । बिरामीको निउ ज्वरो नै थियो । उनी विरामी भएपछि बेहोस नै हुन पुगे । अस्पतालमा भर्ना भए र विरामीको रुपमा उनलाई डाक्टरले मेरुदण्ड पक्षघाट भएको छ भने । चौलागाईको दुवै खुट्टा कमजोर भए । एउटा निस्टुल कन्ट्रोल गर्न नसक्ने, हिडडुल गर्न समेत समस्या आयो । त्यसयता उनी हुलचियर कै सहायतामा आफ्नो दैनिकी चलाईरहेका छन् ।

२०४१ सालदेखि विरामी भएपछि नन्दप्रसाद चौलागाई दश बर्ष अर्थात २०५० सालसम्म अस्पतालको एउटै बेडमा दिन बिताए । त्रिचन्द्र अस्पतालमा उनी भर्ना भएका थिए । डाक्टरको सल्लाह अनुसार औषधी सेवन गर्ने, फिजियोथेरापी गर्दै उनको दिनचर्या १० वर्ष अस्पतालमै बित्यो । उनले यो समयमा अस्पतालमा थुप्रै दुःख, कष्ट झेल्नुपरेको दुखेसो सुनाए ।

केहि समयपछि उनले डाक्टरलाई भनेका थिए, ‘डाक्टर साव अस्पतालमा बसेर मात्रै नहुने रहेछ । अब घरमै गएर गाउँघर कै माटो, गाउँघरकै हावापानीसँग जुधेर बस्छु । अस्पतालले म बाँच्दासम्म मलाई यहाँ राख्न सक्दैन् ।’

चौलागाईको यो कुरा सनेर डाक्टरले हुन्छ त भने यस्तो मान्छे गाउँमा गएर बस्न गाह्रो हुन्छ पनि भने । चौलागाईलाई लाग्थ्यो, ‘म यति समयसम्म यो बेडमा बसेँ म गए भने त अर्को कोहि विरामीले सेवा लिन सक्छ । म कति बर्ष यो बेड ओगटेर बसौँ ।’ उनी डाक्टरको सल्लाह अनुसार घर फर्किए पनि ।

घरमा पनि उनलाई हिडडुलका लागि सहायक सामाग्रिको आवश्यक पर्यो । सुर्खेत आएपछि उनी काठमाडौं पुगे अपाङ्गता सहायक कोषमा । उनले ड्राई साईकलको माग गरे र पाए पनि । उनले आफुमा आएका सानातीना समस्याहरुलाई साईकलकै सहायताले हल गरे । चार पाङ्ग्रे (टायर) भएको स्कुटरमार्फत अहिले विभिन्न कामसँगै हिडडुल गरिरहेको बताए । उनी रोग, भोग लगायत विविन्न कुरासँग संर्घष गर्दै आईरहेको उनको भनाई छ ।

उनी भन्छन्, ‘अपाङ्गताको क्षेत्रमा म आफै पनि काम गर्छु । राज्यले थुप्रै नीति, नियमहरु पनि बनाएको छ अपाङ्गता भएका व्यक्तिहरुको लागि, तर कार्यान्वयन भएको छैन् । म मात्र होइन् की नेपालका सबै अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने हक, अधिकारका कुरामा हाम्रा हात पछाडी बाँधेर लौ तिम्रा हक, अधिकार भनेर दिएका छैनन् ।

काँक्रेविहार यहि छ तर त्यहाँ अपाङ्गता मैत्री बाटो नै छैन गए भने पनि काँक्रेविहार मन्दिर नै नहेरी फर्किने अवस्था छ । अपाङ्गगतामैत्री बाटो छैन्, संरचना छैनन् । यहि वीरेन्द्रनगरको बिच बजारको बाटो फराकिलो बनाउँदा मैले नै अपाङ्गतामैत्री बाटो हुनुपर्छ भने तर कसैले सुनेनन् ।’ राज्यको ध्यान कता ? खै त अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गतामैत्री संरचना ? उनको प्रश्न थियो ।

परिवारका तीन जना अपाङ्गता
नन्दप्रसाद चौलागाईको चार जनाको परिवार छ । चार जना मध्ये तीन जना विभिन्न अपाङ्गता रहेका छन् । नन्दप्रसाद शारीरिक अपाङ्गता हुन् भने उनको श्रीमती पूर्ण दृष्टिबिहिन हुन् । उनको श्रीमती २०४६ सालदेखि पूर्ण दृष्टि भएकी हुन् ।

नन्दप्रसादसहित उनको श्रीमती र छोरी

उनको श्रीमती मात्र होईन् । उनको छोरी पनि मानसिक अपाङ्गता छिन् । २०५३ सालमा जन्मिएकी उनकी छोरीको जन्मँदा राम्रै थिईन् । मानसिक रुपमा उनलाई समस्या आयो । कक्षा–८ मा पढ्दै गर्दा उनी बिरामी हुन पुगिन् । र परीक्षा समेत दिन सकिनन् । उनले अहिले औषधी सेवन गर्न थालेको नै १० वर्ष भयो ।

मिठाइ डिब्वाबाट आत्मनिर्भर
२०५५ सालमा सुर्खेतमा सिन्धुपाल्चोकबाट सिन्धु सुधार संस्था आयो । त्यो संस्थाले सुर्खेतमा आएपछि अपाङ्गता भएका व्यक्तिहरुका लागि केहि काम गर्ने योजनाका साथ आएको थियो । संस्थाले घरदैलो कार्यक्रम पनि ग¥यो । घरदैलोकै कार्यक्रममा चौलागाईको घरमा गुग्यो । घरमा आएपछि चौलागाईको परिवारको बारे संस्था बुझेर गयो ।

त्यस संस्थाले कागजी सामाग्री तालिमको आयोजना ग¥यो । र तालिममा नन्दप्रसाद पनि सहभागि भए । दुवै जनाले तालिम लिएका थिए । तालिमपछि त्यहि संस्थाले सुर्खेतमा नेत्रहिन नामको संस्था दर्ता ग¥यो । तालिमपछि निरन्तर रुपमा मिठाईका डिब्वा गराउने गरेका छन् चौलागाईको परिवारले ।

२०÷२५ हजार रुपैयाँबाट शुरु गरिएको लगानी अहिले बार्षिक रुपमा दुई लाखसम्म आम्दानी हुने गरेको चौलागाईले बताए । वीरेन्द्रनगर नगरपालिकाबाट बार्षिक रुपमा २० देखि ५० हजार रुपैयाँसम्म अनुदान पाउने गरेको उनले बताए ।

मिठाइ डिब्वा

आफै पसल पसल पु¥याउँदै
चार पाँग्रे (टायर) भएको स्कुटर चलाउँछन् चौलागाई । उनीहरुले बनाएको मिठाईका डिब्वा पाउदेखि आधा के.जि, एक के.जि.सम्म अट्ने मिठाईका डिब्वा गराउँदै आएका छन् । विद्यालय, मिठाई पसल, कार्यालय, होटल, सहकारी संस्था लगायत ठाउँहरुमा डिब्वाको माग हुने गर्छ । चार पाङ्ग्रे स्कुटरमा आफै पु¥याउन जान्छन् चौलागाई ।

आफै पसल पसल मिठाईका डिब्वा पु¥याउँदै चौलागाई

मिठाईका डिब्वा बनाउनका लागि केहि सामान बाहिरबाट लिने गरेको उनले बताए । कार्ड सिट, दप्ति लगायतका कच्चा पदार्थको रुपमा सामान मगाउने गरेको बताए । डिब्वा गराउनका लागि मैदा हुनुपर्ने र त्यसबाट गम तयार पार्ने र पेपर, दप्तिमा कसरी लगाउने भन्ने बारे थाहा पाउनुपर्ने बताए । दिनमा ४÷५ सय वटा तयार पार्न सकिने उनले जानकारी दिए ।

आफुले गरेको काम र सिपमा धेरै खुशी हुने गरेको चौलागाईले बताए । उनले भने, ‘हामीबाट अरुले लिएको सामान आकर्षक भयो र ग्राहक खुशी भए भने हामी पनि खुशी हुन्छाँै । मानिस अल्छि बन्नु हुँदैन, अल्छि मानिसको सत्रु हो । अल्छिलाई जरैदेखि उखेलेर फाल्नु पर्छ । आफनो मनमा लागेको कुनै व्यवसाय गर्नुपर्छ । सानो भएपनि तन, मन, कर्म, बचन लगाएर गरेमा त्यो मान्छे नै महान बन्छ ।’

आत्मविश्वासले सफल भएका नन्दप्रसाद

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ३०

आत्मविश्वासले सफल भएका नन्दप्रसाद

नागरिक उड्डयन प्राधिकरणमा ९८ जना कर्मचारीको माग