कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ३० कर्मचारी


कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
शुक्रवार कोषले सूचना प्रकाशन गर्दै नवौँदेखि पाँचौँ तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धक एकरएक जना मागेको छ ।
सहायक प्रबन्धकमा १२ जना मागेको छ । जसमध्ये खुलाबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २र२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन् । त्यस्तै प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ ।
पाँचौँ तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ । जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २ र २ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र दरखास्त दिनुपर्ने छ ।
थप विवरण हेर्नुहोस् :







