भूकम्प प्रभावितलाई शिखर इन्स्योरेन्सको ११ लाख सहयोग

कर्णाली प्रदेशका भूकम्प प्रभावित परिवारको सहयोगार्थ शिखर इन्स्योरेन्स कम्पनीले एघार लाख नगद सहयोग गरेको छ । विनासकारी भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमा स्थानीयको राहतका लागि उक्त रकम सहयोग गरिएको हो । कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश दैवी प्रकोप राहत उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ ।

इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ सबिता मास्के, कम्पनी सचिव सुरज राजकर्णिकार, कर्णाली प्रदेश प्रमुख गणेश जोशी, बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको शिख इन्स्योरेन्स सुर्खेतका प्रतिनिधी एकराज शर्माले जानकारी दिए ।

भूकम्प प्रभावितलाई शिखर इन्स्योरेन्सको ११ लाख सहयोग

विभेद र छुवाछुतको चपेटामा कर्णालीका दलित

भूकम्प प्रभावितलाई शिखर इन्स्योरेन्सको ११ लाख सहयोग

अन्ततः अदालत पुग्यो कर्णाली एक्स्पो ठेक्का विवाद