रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अनुमति


सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई प्रहरीले सोही राति सडकबाट पोखरा पु¥याएको थियो ।

पक्राउ परेको दोस्रो दिन शनिबार परेकाले आइतबार उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतमा प्रहरीले ६ दिनको म्याद मागेको थियो । लामिछानेका कानुन व्यवसायीले लामिछानेलाई थुनामा राखी राख्नुनपर्ने जिकिरसहित बहस गरे पनि अदालतले थुनामा राखी अनुसन्धान गर्न ६ दिनको म्याद दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अवैध रूपमा गोरखा मिडियामा ल्याई अपचलन गरेको आरोप लामिछानेमाथि छ । प्रहरीले उनीमाथि संगठित अपराध कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई पक्राउ गरेपछि रास्वपा देशभर आन्दोलित भएको छ । आइतबार पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।

रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अनुमति

चितुवाको त्रासमा सिमलघारीवासी

रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अनुमति

YUGAAWHAN NATIONAL DAILY (2081-07-05)