नलगाड नगरपालिका–४ मा ११० जनाले पाए निशुल्क आँखा शिविर सेवा


नलगाड नगरपालिका–४ लहँमा आयोजित निशुल्क आँखा शिविरमा ११० जनाले आँखा जाँच र उपचार सेवाबाट लाभ उठाएका छन् । नेपाल नेत्र ज्योति संघ अन्तर्गतको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमद्वारा आयोजित यस शिविरले स्थानीयवासीलाई पहिलो पटक यस्तो सुविधा पुर्याएको हो ।

वडा अध्यक्ष बर्दी पन्तका अनुसार, वडाको पहलमा शिविर सञ्चालन हुँदा विशेष गरी ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले प्रत्यक्ष लाभ पाएका छन् । उनले भने, “वडाको पहलमा कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ ।” कार्यक्रमका सामुदायिक संयोजक निर्मला सुनारले पनि ८६ वर्षीया आमाले सेवा लिन पाउँदा आफूलाई धेरै खुशी लागेको बताइन् ।
उनका अनुसार, स्थानीय जनताको ठूलो सहयोग र वडाको सहकार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । ८६ वर्षीया विष्णु रावलले शिविरमा आफूलाई मोतिविन्दुको समस्या भएको पत्ता लागेको बताइन् । उनले भनिन्, “म हिँड्न नसक्ने अवस्थामा थिएँ, र शिविरमा दुवै आँखामा मोतिबिन्दु भएको थाहा पाएँ।” शिविरमा मोतिविन्दुका बिरामीहरूको अपरेशन दल्लीमै गरिने जानकारी नेपाल नेत्र ज्योति संघका निरीक्षक डाक्टर टंक हमालले दिए ।

उनले दृष्टि क्षमता जाँच, आँखामा एलर्जी, मोतिबिन्दु, र आँखाको सुख्खापनको समस्या भएका बिरामीहरूको पनि उपचार गरिएको जानकारी गराए । शिविरले स्थानीयवासीलाई अत्यन्त आवश्यक सेवा पुर्याएको र भविष्यमा पनि यस्ता कार्यक्रमले वडालाई लाभ पुर्याउने विश्वास स्थानीय नेताहरूले व्यक्त गरेका छन् ।

नलगाड नगरपालिका–४ मा ११० जनाले पाए निशुल्क आँखा शिविर सेवा

सम्पादकीय: हर्ष बढाईले संविधान कार्यान्वय हुँदैन

नलगाड नगरपालिका–४ मा ११० जनाले पाए निशुल्क आँखा शिविर सेवा

मौरीघारमा भालु आतंक, जुम्ली किसान चिन्तत