साथी सहयोगी समूहलाई अभिमुखिकरण


साथी सहयोगी समुहका नेतृत्वकर्ताहरुका लागी एक दिने अभिमुखिकरण तालिम दिईएको छ । तालिममा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १६ वडासम्मका साथी सहयागी समुहका नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो ।

सहभागी सावित्रा ढकालले आफु विगत १० वर्षदेखि औषधि सेवन गर्दै आएको बताईन् । आफुले औषधी सेवन गर्दै गर्दा पनि मन आतिने, कहाँ जाउँ के गरौं जस्ता कुराले उनलाई सताउने गथ्र्यो । अहिले उनी कोशिशमा आवद्ध भएको ४ महिना मात्र भयो ।

कोशिशबाट संचालित साथी समूहमा उनी आवद्ध भएपछि उनलाई आनन्द लाग्छ । किनकी उनी मात्र थिईनिन् । उनी जस्ता अरु मानिस पनि आवद्ध थिए ।

त्यस्तै वीरेन्द्रनगर–१२ बस्ने रमेशबहादुर बुढा पनि ७ कक्षा पढ्दा खेरिदेखि नै विरामी भएका थिए । उनी अहिले कक्षा–११ मा पढ्ने गर्छन् । उनी भन्छन्, ‘म विरामी भएको बेला जो देखे पनि मलाई हान्न मन लाग्थ्यो, धेरै उपचार गरे भागेर समेत भारत गएको थिए । पछि घरमा आएपछि पनि धेरै उपचार गरे मनोविद डाक्टरबाट अहिले औषधी सेवन त गरेकै छु । कोशिशमा आवद्ध भएपछि सर, मेडमको कुरा सने पछि आनन्द लाग्छ । तालिम भयो भने संधै आउन मन लाग्छ । अहिले राम्रोसँग पढ्न सक्ने पनि भएको छु ।’

वीरेन्द्रनगर–१० का रेशम वि.क २१ वर्षको भए । उनी पनि सात कक्षामा पढ्दै गर्दा विरामी भएकाका थिए । उनलाई थाहा छैन् पढाई या त परिवार के कारणले पो विरामी भए । उनी पनि कसैलाई देख्ना साथ झम्टिन नै जाने गर्थे । औषधी अहिले पनि सेवन गर्छन् उनी । कोशिशमा आवद्ध भएको करिव २ वर्ष भयो । अहिले कोशिशको कार्यक्रम छ भने पछि विहानै तयारी भैहाल्छन् उनी । घरमा कोहिदेखि नसक्ने उनी, आज कोशिशको कार्यक्रम छ भनेपछि विहानै आमालाई भनेर तयारी हुने गर्दछन् ।

यस तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय, सुर्खेतका महिला विकास शाखा अधिकृत अनिता ज्ञवालीले कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ र मनोसामाजिक अपाङ्गताका बारेमा बनाएका रणनीति तथा कार्यक्रममा बारेमा जानकारी दिएकी थिईन् ।

साथैै उनले मनोसामाजिक अपाङ्गताका बारेमा आगामी दिनमा आवश्यक नीति निर्माण गर्दै कम प्रतिनिधित्व गराइएका र मनोसामाजिक अपाङ्गतामा रहेका व्यक्तिहरुका लागि योजना, बजेट तथा कार्यक्रम बनाउनका लागि सक्रिय भुमिका खेल्ने प्रतिबद्धता समेत जनाईन् ।

त्यस्तै कार्यक्रमका सभापति तथा समाहित परियोजना अधिकृत महेश भट्टराईले आफु पनि यसमा काम गर्दै आएको र यस तालिमले साथी सहयोगी समुहका सदस्यहरुलाई समुहमा कसरी नेतृत्व र सहजीकरण गर्ने भन्ने बारे क्षमता विकास हुनेछ भन्ने अपेक्षा गरे ।

साथी सहयोगी सदस्यहरुको माध्यबाट साथी सहयोगी समुहमा सहजीकरण गर्ने सहजकर्ताहरु लाई साथी सहयोगी समुहको नेतृत्व, संचालन र व्यबस्थापनको लागि आवश्यक आधारभूतज्ञान र सीप दिई उनीहरुलाई सुरक्षित र प्रभावकारी ढंगले साथी सहयोगी समुह संचालन गर्न सक्षम बनाउने यस तालिमको मुख्य उदेश्य रहेको छ ।

साथी सहयोगी समूह संचालन र व्यवस्थापन गर्ने बैठकको निर्णय लेखन तथा छलफल संचालन गर्ने तरिका थाहा पाउँदै उनीहरु आफैले बैठक निर्णय लेखन तथा संचालन गर्ने, समस्या समाधान गर्ने, समुहमा आईपर्ने समस्यालाई समाधान गर्ने तौर तरिका सहित मनोसामाजिक अपांगतामा भएका व्यक्तिहरु के कसरी मूल प्रवाहिकरणका संस्थाहरुमा आवद्ध प्रक्रियाका बारेमा जानकारी दिनु र मनोसामाजिक अपांगतामा रहेका व्यक्तिहरुलाई स्व पैरवीका लागि सक्रिय बनाउनु तालिमको उद्देश्य थियो ।

साथी सहयोगी समूहलाई अभिमुखिकरण

स्याउ कृषकलाई बिरुवा काँट छाँटको चटारो