पहिचान लगानी मैत्री वातावरण सृजनाका निम्ती कर्णाली उत्सव


कर्णालीलाई चिन्ने, निचाउने बहस विमर्श र विचारको उत्सव ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको पाँचौँ संस्करण सुरु भएको छ ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको बुलेबुले उधानमा ऋति फाउण्डेसनको आयोजनामा शनिवारदेखी सुरु भएको कर्णाली उत्सवको कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरेका हुन् ।
तीन दिन सम्म सञ्चालन हुने उत्सवको उद्घाटन समारोहलाई संबोधन गर्दै प्रदेश प्रमुख परियारले कर्णाली उत्सवले आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुराउने बताए ।
नीति निर्माण,आर्थिक समृद्दि तथा कर्णाली चिन्न चिनाउन, यहाँका सम्भावना पहिचान लगानी मैत्री वातावरण सृजनाका निम्ती उत्सवले पुलको काम गर्ने उल्लेख गरे ।
उनले भने, ‘समृद्ध कर्णाली निमार्णका लागि विगत चारवर्षदेखी छेडिएको यो बहसले कर्णालीको विकास र नीति निर्माण तहमा बसेकालाई जवाफदेहि बनाउन मदत गरेको छ । कर्णालीमा गरिबी,अशिक्षा,बेरोजगारी मात्रै छैन् । यहाँ कृषि,पर्यटन,जडिबुटि,भाषा,साहित्य र संस्कृतिको प्रचुर सम्भावना छन् । काठमान्डौ बसेर कल्पना गरिएको भन्दा कर्णाली फरक छ भन्ने देखाउन पनि यो बहसले विशेष महत्व राखेको छ ।’
भौतिक विकासले मात्रै समाज रुपान्तरण सम्भव नरहेकोले सामाजिक रुपान्तरणका लागि तीनै तहका सरकारले नागरिकका गुनासा सुन्ने पद्दतीको विकास गर्नु पर्नेमा जोड दिए ।
बहसबाट उठेका कुरालाई अभिलेखिकरण तथा सरकारले नीति कार्यक्रममा समेटेर समृद्दि कर्णाली निर्माणका निम्ति जुट्नु पर्ने उनको भनाई छ ।
उत्सवको उद्घाटन सत्रमा राष्ट्यि वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठले बहसमा लगानी, राष्ट्यि योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले नीति बहसको महत्व, नेपाल सरकारका सचिव केवल भण्डारीले कर्णाली प्रेमबारे अनुभव राखेका थिए । भने डाक्टर सुधा शर्माले प्रसुती र प्रित्ति सत्ताबारे विद्दुत प्रवचन दिईन् ।
कर्णालीको अधिकांश किशोरी महिलाहरु अझै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँचबाट टाढा रहेको डाक्टर शर्माले उल्लेख गरिन् । गर्भमै छोरी भए भ्रण हत्या गर्ने, सानोमै विवाह गर्ने, महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने जस्ता पृत्तिसत्तात्मक सोच कर्णालीमा विद्दमान रहेकोले कर्णाली उत्सव जस्ता बहसमा महिला र स्वाथ्यका विषयले प्रथामिकता पाउनु पर्नेमा जोड दिईन् ।
राष्ट्यि वाणिज्य बैंकका सिईओ श्रेष्ठले कर्णाली उत्सवसंग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘बैंकले व्यापारिक प्रर्बद्दनका लागि मात्र लगानी गर्दैन’, उनले भने,’दुर्गम क्षेत्रको विकास तथा सरकारलाई नीति निर्माणमा सघाउ पुराउने,दुरदराजका समस्याहरुको विषयमा विर्मश हुने कर्णाली उत्सव जस्ता विचारका कार्यक्रममा समेत राष्ट्यि वाणिज्य बैंकले लगानी गर्दै आएको छ ।’ राष्ट्यि वाणिज्य बैंकले आगामी दिनमा कर्णालीको विकासमा लगानी गर्दै जाने उल्लेख गरे ।
विरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले यस्ता विचार तथा विर्मशले सरकारका नीति निर्माण गर्न तथा जनमैत्री काम गर्नका लागि आबश्यक सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले भने,‘झट्टा हेर्दा कुरा गरेर के हुन्छ भन्ने प्रश्न आउन सक्छ ? कुरा नगरी घरदेखि सरकार कुनै काम अघि बढ्न सक्दैन । कर्णाली केन्द्रित राष्ट्यि स्तरको बहसले कर्णालीको विकासमा केन्द्रलाई थप जिम्मेवार बनाउन मदत गर्छ । त्यसैले पनि यस्ता बहसको निरन्तरता जरुरी छ ।’
विगत चार वर्षदेखि हुँदै आएको कर्णाली उत्सवको अनुभव साट्दै कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले गरिबी,अशिक्षा,रोग भोगको उपनामले चिनिने कर्णालीको बिम्ब बदल्ने अनबरत यात्रा रहेको बताए ।
कर्णालीमा बसेर पनि राष्ट्यि मुद्दामा बहस गर्न सकिने तथ्य कर्णाली उत्सवले,स्थापित गरेको कर्णाली उत्सवका कार्यकारी निर्देशक गौतमले उल्लेख गरे ।
उनका अनुसार कर्णाली उत्सव कर्णाली समृद्दिको आधार बन्ने अपेक्षा गरिएको छ । ७० भन्दाबढी सत्र र २ सयबढी वक्ताले उत्सवकै मन्चबाट राष्ट्यि र अन्तराष्ट्यि बजारमा कर्णालीलाई चिनाउन विचार व्यक्त गरे ।
सम्भावना भएको तर लगानी अभावले ओझेलमा कर्णाली पर्यटन तथा एतिहासिक खष भाषा र सभ्यताको संरक्षण र प्रर्बद्दनका निम्ति पनि बहस हुनु पर्नेमा जोड दिईन् । कर्णाली उतसवको पाँचौँ संस्करण फागुन ७ गते समापन हुने छ ।





