बनगाड कुपिण्डेको प्रशासकिय भवन उद्घाटन

सल्लीबजार, ३ माघ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको प्रमुख प्रशासकिय भवनको उद्घाटन गरिएको छ । जय भवानी कन्ट्रसनले ५ करोड ३७ लाखमा ठेक्का लिई २०७७ साल अषाढ,२२ गतेदेखि काम सुरु गरेको थियोे । दुई पटक म्याद थप गरी निकै ढिला गरी भवनको काम सम्पन्न भई बुधबार हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीले केही रकम हर्जना रकम समेत तिरेको छ । हल बाहेक २८ वटा कोठा रहेका छन् ।

तोकिएको समय भन्दा २ वर्ष ढिलाइ गरी काम सम्पन्न भएको छ । भवन उद्घाटन सत्रमा नगर प्रमुख कर्ण वहादुर वुढाथोकी, निवर्तमान तथा प्रथम जननिर्वाचित नगर प्रमुख गोविन्द कुमार पुन, निवर्तमान उपप्रमुख मञ्जु यरी, वर्तमान उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकिय अधिकृत जगत घर्ती र विभिन्न पार्टी प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । भवनको विस्तृत विषयमा प्राविधिक शाखा प्रमुख महेश देवकोटाले जानकारी दिएका थिए भने सञ्चालन योजना शाखा प्रमुख धर्मराज ढकाल गरेको जनाएको छ ।

अपाङ्गता युवती बलात्कार आरोपमा डाेप्केका एक युवक

बनगाड कुपिण्डेको प्रशासकिय भवन उद्घाटन

महत्त्वपूर्ण निर्णय पास गर्दै हिउँदे गाउँ सभा

This will close in 0 seconds