तातोपानीको गोप्थाडा गाउँमा छैनन्, एसईई पास गरेका जनशक्ति


जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँमा एक जना पनि एसईइ पास पास नभएको पाइएको छ। तातोपानी – २ स्थित गोप्थाडा गाउँमा २५ घरधुरी छन् । हाल सम्म पनि एसइई पास नभएका स्थानीयहरु बताउँछन् ।
स्थानीय शेरबहादुर डाँगीका अनुसार अहिले सम्म विभिन्न प्रयास भएपनि एसइर्ई कसैले पनि गर्न नसकेको छैनन् । उनका अनुसार गाउँमा कक्षा ३ सम्म अध्ययन गर्ने आधारभूत विद्यालय छ, त्यस पछि हाईस्कुल अध्ययन गर्न विद्यार्थीहरु तातोपानीको हिम शिखर मावि वा अन्य विद्यायलमा अध्ययन गर्न जान्छन ।
बिडम्बना एसईइ, दिदै, ८ र ९ पढेर छोड्ने क्रम भएपछि अहिले सम्म एक जना पनि व्यक्ति एसईइ पास हुन सकेका छैनन् । गाउबाट एसईई गरेका मानिस नभएपछि गाउँको विद्यालयमा अध्यापन गराउने शिक्षक पनि अन्य गाउँका छन् । उक्त गाउँमा स्थापना भएको कक्षा ३ सम्म संचालन भईरहेको पैकेला आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलले गाउँबाट अहिले पनि कोहीपनि एसइई नगरेको बताए ।
उनले पछिल्लो समय २ जना विवाह गरेर अन्य गाउँबाट आएका वुहारी एसईइ गरेर आएका छन् । गोप्थाडागाउँको विद्यालयको प्रधानाध्यापक एक जना तातोपानी –३ लाक्षु गाउँका बलबहादुर रावत हुनुहुन्छ, अर्का शिक्षक कमल रावत अनुदान शिक्षक, यसैगरी लिताकोटका निजीमा मुनबहादुर सार्की र ईसिडि कक्षामा तातोपानी भगवति रावल हुनुहुन्छ।अहिले सम्म एसईइ नहुदा स्कुलमै पनि रोजगार नपाएको डाँगीले बताए ।
गोप्थाडा गाउँबाट यो बर्ष भने ९ कक्षामा अध्ययन गर्ने २ जना विद्यार्थी छन् । स्थानीयका अनुसार सो गाउँका एक विद्यार्थी महेश डाँगी तातोपानीको हिमशिखर माविमा र बिष्णुमाया डाँगी जुम्ला सदरमुकामको चन्दननाथ माध्यामिक विद्यालयमा अध्ययन गरिरहेका छन् । उक्त गाउँमा मुख्य बस्तिहरु कठायत, रावल, र बुढा रहेका छन् ।
यता तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले त्यो गाउँमा गाउँपालिकाबाट एक अभिमुखिकरण कार्यक्रम राखेर त्यहाँको अवस्था, समस्या र सुधानुपर्ने बिषयमा जोड दिन सकिने बताए ।
उनले अभिभावक शिक्षा सहितका कार्यक्रम आवश्यक छ । प्रथामिकता दिनुपर्ने बताए।यस्तै तातोपानी गाउँपालिका – २ का अध्यक्ष चन्द्रमान बुढाले गोप्थाबाडामा २५ घरधुरी रहेको बताए ।
उनले अहिले तातोपानीमा गाउँपालिकाले टयूश्न पढ्ने व्यबस्था गरिएको छ । गोप्थाबाडा गाउँमा अहिले सम्म एसईइ नगरेको स्विकार गरे।त्यस गाउँका विद्यार्थीहरु पढ्दै छोडेर ईण्डिया (भारत)समेत जाने गरेका छन् । अव वडापालिकाले यस गाउँका विद्याथीको अवस्था वुझेर अगाडि बढ्ने छौँ । अहिलेको समयमा पनि एक जना एसइई उत्तिण नहुनु अच्चमको बिषय छ ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लले यो अलिकति वेग्लै कुरा आएको बताए । २१ औ सताब्दीमा राज्यलाई समेत चुनौति हो । अव त्यो गाउँमा अध्ययन गर्न सोच्न वाध्य भएका छौ । अव कसरी अगाडि बढ्ने सवै मिलेर अगाडि बढ्न आवश्यक छ । जुम्ला साक्षर घोषणाको अन्तिम तयारीको अवस्थामा यस्ता समस्याहरुलाई सामाधानको खोजीमा स्थानीय सरकार र जिल्ला लाग्नु पर्ने देखिन्छ ।






